२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

२८ भाद्र २०७४, बुधबार ०८:५३

राम केसी। भदौ २८,सिन्धुपाल्चोक। राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो । 

‘ए नट’ आर्किटेक डिजाइन एशोसियसनले रु ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले मंगलबार चौतारामा सार्वजनिक गरेको थियो । सदरमुकाम चौताराबाट करिब तीन किमी उत्तर पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका– ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने छ । उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ । उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहने छ । 

भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकनस्तम्भ निर्माण गरिने छ । उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङलगायत व्यवस्था गरिने शहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा युवराज पौडेलले जानकारी दिनुभयो । सो उद्यान निर्माणमा झण्डै रु एक अर्ब बजेट लाग्ने छ । आगामी मंसिरसम्म डिपिआर तयार हुने बताइएको छ । 

उद्यान निर्माण गरिने क्षेत्र स्थानीय भगवती सामुदायिक वन क्षेत्रभित्र पर्ने हुँदा जिल्ला वन कार्यालयसँग समन्वय गरी सोहीबमोजिम निर्माण गरिनुपर्ने जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंहतामाङले संग्रहालयमा देशभरिको इतिहास झल्कने सामग्री समावेश हुनुपर्ने सुझाव दिनुभयो । 

‘गोरखा भूकम्प’ तथा त्यसपछिको परकम्पबाट जिल्लामा तीन हजार ५७२ जनाको मृत्यु भएको तथा आठ जना बेपत्ता र एक हजार ५६९ जना घाइते भएका थिए । त्यस्तै ९५ प्रतिशत भौतिक क्षति भएको थियो । देशभरमा भूकम्पबाट कम्तीमा नौ हजारको मृत्यु भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य