इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको मायादेवी गाउँपालिकाको बजेट रकम ४० करोड ८३ लाख ७८ हजार

२९ भाद्र २०७४, बिहीबार ०६:३५

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीका अनुसार कुल बिनियोजन मध्ये पूँजीगत तर्फ रु २० करोड २३ लाख ५७ हजार ५५० रुपैया चालु तर्फ रु २० करोड ६० लाख २१ हजार ३ सय रुपैया रहेको छ । शिक्षा, स्वस्थ्य, सरसफई, कृषि तथा भौतिक संस्थागत कामका तथा अन्य कामको लागी सोही अनुसार बजेट बिनियोजन गरेको छ । सभाले २०७४।७५ आन्तरिक आय र राजस्व परीचालन गरी यस क्षेत्रका सार्वजनीक जग्गा ताल , पोखरी, नदी नाला आदीको लगायात तयार गर्ने र ठेक्का बन्दोवस्त गरीने भएको छ । आर्थिक बिकास अन्र्तगत लघु उद्यमशीलता प्रर्वधन गर्ने निती अनुसार स्रोत साधनको उपयोग गरी नया उद्यम सृजना गर्ने र उद्योगहरुको क्षमता संचालन गरीने ब्यावस्था गरीने र किसानहरुको लागी अनुकुल कृषि योजना सम्वनधी जनचेतना जगाउने जस्ता कार्यक्रम हरु संचालन गरीने बताईएको छ । सभाले विपद व्यावस्थापन कोषको स्थापना गरी विपदमा परेका परीवारहरुका लागी अवस्था हेरी १००० देखी १०,००० सम्मको सहयोगका लागी बजेटको व्यावस्था गरीने बतएको छ । वाल मैत्री शिक्षण विधलाई प्रोत्साहन गरीने र वाल विकाश केन्द्रलाई आधुनिकीकरण गरी मदरसा शिक्षाको पुर्वाधार बिकासमा जोड दिदै शिक्षाको गुणस्तर सुर्धान जोड गरीने उल्लेख गरीएको थियो । सवै वडाका स्वास्थ्या हरुमा वर्थिङ सेन्टर स्थापना गरीने र सवै वडाहरुमा पुण खोप वडा घोषणा गरीने भएको छ । २३ वटा नमुना बाल विकास केन्द्र बनाउन बजेट ब्यावस्था गरीने र बाल विवाह विरुद्ध चौतर्फी दवाव दिई बाल विवाह मुक्त वडा घोषणा गरीने भएको छ । युवा लक्षित बिभीन्न शिपमुलक तालीम दिई आय आर्जन क्षमता बिकास खेलकुद क्षेत्रको विकास लगायत बिभिन्न अभियानमा युवहरुलाई परीचालन गरीने भएको छ । यस्तै रेडियो, टेलिभिजन, तथा पत्रिकाहरुसंग चेतना मुलक कार्यक्रमहरु प्रशारण गरीने लगायत निती तथा कार्यक्रम सार्वजनीक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ