२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२ करोड डुबाउने सुन पसल प्रकरणमा राजनीतिको छायाँ, पीडितसँग प्रमाण पनि छैन, भरोसा पनि छैन

२३ श्रावण २०८२, बिहीबार १२:२१

काठमाडौँ | मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा सञ्चालित ‘अधिकारी सुन पसल’का सञ्चालक मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीमाथि ४१ भन्दा बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको छ।

वैदेशिक रोजगारीमा पसिना बगाएका युवा, ज्यालादारी मजदुरदेखि लिएर विपन्न परिवारसम्मले उच्च ब्याजको प्रलोभनमा आफ्नो जीवनभरको बचत उक्त सुन पसलमा राखेका थिए। मनोज अधिकारी, जो स्थानीय एमाले नेता र कानेपोखरी अस्पतालका सञ्चालक समिति सदस्यसमेत हुन्, उनले स्थानीयवासीको विश्वास जित्दै रकम संकलन गरेका थिए भने पसलको जिम्मेवारी उनका बुबा मोहन अधिकारीले लिएका थिए। लेनदेनका कागजातमा मनोज र उनकी श्रीमतीको समेत हस्ताक्षर भेटिएको पीडितहरूले बताएका छन्।

सम्पत्ति भने सबै आमाको नाममा राखिएको पाइएको छ। एक पीडित ऋषिकेश लम्सालका अनुसार, उनका आफन्तसहित १२ लाख ७६ हजार रुपैयाँ डुबेको छ भने पीडित विष्णुमाया गिरीले आफू र आफन्तको गरेर ३० लाख रुपैयाँ जोडीएको बताएकी छन्। अधिकारी परिवार सम्पर्कविहीन भएपछि पीडितहरूले अनौपचारिक ‘ऋण असुली समिति’ गठन गरेका थिए, तर अहिले त्यो समिति पनि विवादमा तानिएको छ। पीडितहरूले सहयोगका लागि राष्ट्रिय भूमि आयोग मोरङका अध्यक्ष नविन पौडेललाई गुहार गर्दा पौडेलमाथि नै व्यक्तिगत लाभ उठाउने प्रयास गरेको आरोप लागेको छ।

अधिकारीको नाममा रहेको करिब एक बिघा जग्गा हाल काँशीराज थापाको नाममा पास गरिएको छ, जसलाई पौडेलले प्लटिङ गरी बेचेर ऋण फिर्ता गर्ने योजना अघि सारेका छन्। तर पीडितहरूले त्यो प्रक्रिया अपारदर्शी र विवादास्पद भएको बताएका छन्। कानूनी रूपमा व्यक्तिगत सुन पसलमा रकम राख्नु गैरकानुनी मानिने भएकाले प्रमाण अभाव र कानूनी डरले पीडितहरू प्रहरी वा अदालतमा जान नसेको गुनासो गरेका छन् ।

२०८१ मंसिर २७ गते कानेपोखरी–६ का परशुराम फुयालले न्यायिक समितिमा उजुरी दिएका थिए र मंसिर २८ र पुष १ गते दुईपटक छलफल भए पनि मनोजकी आमा बाटुली अधिकारी दोस्रो छलफलमा नआएपछि प्रक्रिया अवरुद्ध भएको छ। न्यायिक समितिले त्यसयता चासो नदेखाएको भन्दै पीडितहरू आक्रोशित छन्। आरोपी मनोज अधिकारी हाल अमेरिका छन् भने उनका बुबा मोहन अधिकारीको पनि अवस्था अज्ञात छ। पीडितहरूले ठगीको सम्पूर्ण रकम फिर्ता, दोषीलाई कारबाही, जग्गा प्लटिङमा पारदर्शिता, र राजनीतिक संरक्षणको छानबिनको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला