नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

१ आश्विन २०७४, आईतवार ०७:५१

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । यो खबर जनार्दन र उमेशले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।

कालोधन बिटक्वाइनमा लगानी

विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ । बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो । अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा बिटक्वाइनको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि बिटक्वाइनमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ ।

सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग

नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन् । राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ । नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई बिटक्वाइनमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने । यहाँ बिटक्वाइन खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको छ ।

हुन्डीको नयाँ तरिका ‘बिटक्वाइन’

विगतमा हुन्डीवालाले हुन्डी गर्दा यहाँ नगद लिन्थ्यो र जहाँ पैसा पठाउने हो, त्यहाँ पनि पाउनेलाई नगद नै भुक्तानी गथ्र्यो । यसो गर्दा उसले केही शुल्क पनि लिने गथ्र्यो । तर, बिटक्वाइनले हुन्डीमा पनि ‘क्रान्ति’ ल्याइदिएको छ । हुन्डीवालाहरूले पैसा पठाउन चाहनेहरू बिटक्वाइनको प्रयोगबाट अत्यन्तै कम शुल्कमा पुँजी बाहिर पठाइरहेका छन् । ‘हामी बिटक्वाइन कसले प्रयोग गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘हुन्डीमा लागेका व्यक्तिले यसको प्रयोग अत्यधिक गरेको पाइएको छ ।’

हुन्डीमा संलग्न व्यक्ति र व्यापारिक घरानाहरूले बिटक्वाइनको कारोबारलाई वैध बनाउनका लागि पनि धेरै पहिलेदखि प्रयास गरिरहेको उनले बताए । व्यापारीहरूले अवैधानिक आयातका लागि बिटक्वाइनको कारोबार धेरै गर्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्सको कारोबार गर्ने केही कम्पनीले पनि यसको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ह्याकरले बढाए बिटक्वाइनको भाउ

पछिल्लो समय विश्वभरि साइबर हमला गरेर संसारभर तहल्का मच्चाएको ह्याकर समूहले त्यसबापतको फिरौती रकम बिटक्वाइनमा मागेपछि यसको भाउमा एक्कासि वृद्धि भएको थियो । ह्याकरहरूले विश्वका लाखौँ कम्प्युटरमा एकैपटक साइबर हमला गरेपछि शक्तिशाली राष्ट्रहरूले पनि यस विषयमा गम्भीर भएको बताएका थिए । तर, उनीहरूले बिटक्वाइनबाहेक कुनै पनि माध्यमको रकम ट्रान्सफर नलिने बताएपछि यसको भाउमा डबलभन्दा धेरैले वृद्धि भएको थियो । केही दिनअघि एक बिटक्वाइनको मूल्य ५ हजार डलरसम्म पुगेको थियो । तर, अहिले घटेर ४ हजार डलरको केही तल छ ।

ह्याकरहरूले अमेरिका, जापान, चीन, दक्षिण कोरिया, भारत, क्यानाडा, फ्रान्स, जर्मनीलगायतका विश्वका शक्तिशाली देशका कम्प्युटरमा एकैपटक हमला गरेका थिए । त्यसको फिरौतीबापत उक्त समूहले बिटक्वाइन दिनुपर्ने माग गरेका थिए । सोबापत विश्वभरका देशले बिटक्वाइन दिएपछि यसको भाउले आकाश छोएको थियो ।

चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध

चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ। वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले शुक्रवार क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको हो । सरकारले जारी गरेको सूचना अनुसार ’कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध छ र यसको कारोवार गरेमा कारबाही हुनेछ,’ भनिएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ। त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । यसको प्रत्यक्ष असर बिटक्वाइनको कारोवारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ