सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् "/>
३ माघ २०८२, शुक्रबार
अर्थ/विकास

पर्वत टेलिकमले राम्रो सेवा नदिदा सेवाग्राही मर्कामा

१ आश्विन २०७४, आईतवार ०९:०५

सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीले भने कुनै मतलव राख्दैनन् । 

पटक पटक अवरुद्ध एडिएसएल सेवाका कारण सेवाग्राहीह्ररु संचार सम्वन्धबाट वन्चित हुनुपरेको छ । उसो त सेवाग्राहीले दुरसंचार संस्थाका हाकिम र कर्मचारीहरुलाई नेटवर्क सेवा राम्रो भएन भनी गुनासो नगरेका भने हैनन् । सेवाग्राहीको गुनासोलाई दुरसंचारका कर्मचारीहरुले वेवास्ता गदै आएका छन् । पहिले धेरै राम्रो र विक्री हुने भनिएको टिपि लिंक राउटरमा समस्या भएको भनी कर्मचारीहरुले राउटर परिवर्तन गर्न सेवाग्राहीलाई सुझाउने गरेका छन् । दुरसंचारका केही कर्मचारीले टिपी लिंक राउटरको सट्टा सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउने र कमिसनको कमाउधन्दा चलाएको समेत गुनासो छ । सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउदा कर्मचारीलाई एक हजारदेखि पन्ध्रसय सम्म लाभ हुने स्रोतको दावी छ ।

दुरसंचार संस्थाका एडिएसएल सेवा लिने सेवाग्राहीले संचारसम्पर्कमा झमेला व्यहोर्नु परेको छ । सेवाग्राहीले संचार सेवा भएन भनी गुनासो गर्दा पनि संस्थाबाट प्राविधिक आउने गरेका छैनन् । दुरसंचार संस्थाको प्राविधिक समस्या भएमा सेवाग्राहीले कल गर्ने भनिएको १९८ नंम्वरमा सम्पर्क हुन सक्दैन । संस्थाले उचित सेवा नदिदा एडिएसएल सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या वृद्धि हुन सकेको छैन । सेवाग्राहीको संख्या ३०० पनि पनि छैन । यता निजी इन्टरनेट प्रदायक संस्थाको सेवाग्राहीको संख्या भने दिनानुदिन बढ्दो छ । टिपी लिंक भनिने कम्पनिको सेवाग्राहीको संख्या मात्र करीव १५ सय रहेको छ ।

 दुरसंचार संस्था पर्वत शाखामा केही महिनादेखि कार्यालय प्रमुख विहिन हुँदै आएको छ भने काम चलाउ कर्मचारीले प्रमुखको जिम्मेवारी सम्हाल्दा सेवा प्रभावित भएको बताइन्छ । संस्थामा २० वर्षदेखि कहिकतै सरुवा नभई डेरा जमाएर बसेका पुराना कर्मचारीले संस्थाको सेवा प्रभावकारी बनाउन भन्दा कमाउ धन्दा चलाउन खोज्ने गरेको आरोप छ । नेपाल टेलिकम संस्था कुश्मा शाखाका प्राविधिक केशव भुषाललाई  संस्थाको अवरुद्ध सेवाबारे जिज्ञासा राख्दा यहाँको समस्या नभई माथिबाट नै प्राविधिक समस्या भएको र अव छिटै सेवा चुस्त हुने बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ