२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्रुतमार्गको डीपीआर परिमार्जन हुने, अग्ला पुल होच्याउने तयारी

२०७४, ४ आश्विन बुधबार ०७:४८

भदौ ४, काठमाडौं । नेपाली सेनाले तराई-काठमाडौं द्रुतमार्गको प्रस्तावित  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने बताएको हो ।

आज संसदको विकास समितिका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी तथा द्रुतमार्गको निर्देशक समितिका संयोजक योगेसबहादुर खाँडले सेनाले फास्ट ट्रयाकको पुरानो प्रस्तावित डीपीआरमा हेरफेर गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार भूकम्को जोखिम बढीरहेकाले ७५ मिटर अग्ला पुलको उचाइ घटाएर बनाउन लागिएको बताए । उनले ९ महिनाभित्र डीपीआरको पुनरावलोकन सकिने पनि जानकारी दिए ।

‘हामी ४ वर्षभित्र दु्रतमार्ग बनाइसक्छौं । यसका लागि सेनासहित विदेशी प्राविधिक तथा नेपाली निर्माण व्यवसायी संलग्न हुनेछन्’ खाँडले भने,’यो एसियन हाइ-वेको प्राइम क्लासको बन्नेछ ।’

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

सरकारले द्रुतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फस्ट ट्र्याकको कार्यबिधि पनि पनि पारित गरिसकेको छ ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

यो मार्ग ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्र्याकले ललितपुरमा ७.६ किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो ऽुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने छ भने उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुने खाँडले बताए ।

द्रुतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।

सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्ऽ राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिनेछ । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक