२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा एकिकृत बस्ती निर्माणमा दुई करोड सहयोग

२०७४, ९ आश्विन सोमबार ०९:०१

असोज ९, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 

नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोल्नुभएको स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बायोग्यास प्लाण्ट, सामुदायिक भवन लगायतमा रु दुई करोड सहयोग प्रदान गरिने भएको हो । 

भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायका लागि एक सामुदायिक भवनसहित ६३ घर निर्माण गर्न लागिएको छ । हाल निर्माणाधिन १५ घर आगामी तिहारसम्म सम्पन्न गरिसक्ने फाउण्डेशनका सचिव यज्ञराज कार्कीले बताउनुभयो । 

एकिकृत बस्ती निर्माण गर्न भूकम्पको पहिलो किस्ताबापतको रु ५० हजार अनुदान सबैले समितिकै नाममा बैंक खाता खोली जम्मा गरिसकेका छन् । प्रत्येक घर रु सात लाखको लागतमा बन्ने र पुनःनिर्माण प्राधिकरणबाट दिइने रु तीन लाख अनुदान अपुग भएपछि दुई प्रतिशत ब्याजमा चौतारास्थित लक्ष्मी बैंकबाट रु चार लाख ऋण उपलब्ध गराइने भएको छ । एक वर्षको अवधिमा एकिकृत बस्ती सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

बस्तीमा रहेको सामुदायिक भवन रु २० लाखको लगानीमा बंगलादेशस्थित ढाका क्लब लिमिटेडले बनाइदिने भएको छ । बस्तीको लागि बायोग्यास प्लाण्ट र शौर्य ऊर्जाको लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले व्यवस्था गरिदिने भएको छ । एक हजार लिटर क्षमताको ६५ वटा पानी ट्याङ्की काभ्रे निवासी शक्र तामाङले फाउण्डेशनमार्फत सहयोग उपलब्ध गराउने सचिव कार्कीले बताउनुभयो । 

नायिका खड्काको स्वर्गीय पति श्रेष्ठको मूल घर बाह्रबिसे नगरपालिका– ७ घुम्थाङमा पर्छ   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ