३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा एकिकृत बस्ती निर्माणमा दुई करोड सहयोग

९ आश्विन २०७४, सोमबार ०९:०१

असोज ९, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 

नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोल्नुभएको स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बायोग्यास प्लाण्ट, सामुदायिक भवन लगायतमा रु दुई करोड सहयोग प्रदान गरिने भएको हो । 

भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायका लागि एक सामुदायिक भवनसहित ६३ घर निर्माण गर्न लागिएको छ । हाल निर्माणाधिन १५ घर आगामी तिहारसम्म सम्पन्न गरिसक्ने फाउण्डेशनका सचिव यज्ञराज कार्कीले बताउनुभयो । 

एकिकृत बस्ती निर्माण गर्न भूकम्पको पहिलो किस्ताबापतको रु ५० हजार अनुदान सबैले समितिकै नाममा बैंक खाता खोली जम्मा गरिसकेका छन् । प्रत्येक घर रु सात लाखको लागतमा बन्ने र पुनःनिर्माण प्राधिकरणबाट दिइने रु तीन लाख अनुदान अपुग भएपछि दुई प्रतिशत ब्याजमा चौतारास्थित लक्ष्मी बैंकबाट रु चार लाख ऋण उपलब्ध गराइने भएको छ । एक वर्षको अवधिमा एकिकृत बस्ती सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

बस्तीमा रहेको सामुदायिक भवन रु २० लाखको लगानीमा बंगलादेशस्थित ढाका क्लब लिमिटेडले बनाइदिने भएको छ । बस्तीको लागि बायोग्यास प्लाण्ट र शौर्य ऊर्जाको लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले व्यवस्था गरिदिने भएको छ । एक हजार लिटर क्षमताको ६५ वटा पानी ट्याङ्की काभ्रे निवासी शक्र तामाङले फाउण्डेशनमार्फत सहयोग उपलब्ध गराउने सचिव कार्कीले बताउनुभयो । 

नायिका खड्काको स्वर्गीय पति श्रेष्ठको मूल घर बाह्रबिसे नगरपालिका– ७ घुम्थाङमा पर्छ   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही