२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिकमका हाकिम र लेखापालको कुर्ची उल्टाईयो

२०७४, २९ आश्विन आईतवार १२:११

असोज २९, पर्बत | अखिल ट्रेड युनियन महासंघ जिल्ला शाखा पर्वतले नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशब भुषाल र लेखापालको कुर्ची उल्टाएर विरोध जनाएको छ ।

 विगत ८ बर्षदेखि निरन्तर नेपाल टेलिकम पर्वतमा कार्यरत कर्मचारीलाई विना कारण सरुवा गरी आफ्नो नातेदार राख्नको लागि टेलिकमका निमित्त प्रमुख केशब भुषाल र बाग्लुङ्ग टेलिकमका प्रमुख केशव शर्माको मिलेमतोमा कर्मचारी निकाल्ने योजना बनाएको भन्दै पहिलो चरणको आन्दोलन स्वरुप आईतबार पर्वत टेलीकमका हाकीमको कुर्सी उल्टाएर विरोध गरेको छ ।

 ट्रेड युनियनले विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि विनाकारण सरुवा र आफ्नो गुलाम बनाउन खोजेको आरोप लगाएको छ । विज्ञप्तीमा लामोसमय कार्यालय प्रमुख विहिन बनाइ आफ्नो मौनमोजीले कार्यालय संचालन गरेको समेत निमिक्त भुषालमाथि आरोप लगाइएको छ । साथै काम गर्ने क्रममा दबाब दिने र व्यक्तिगत रिसिबीमा सरुवा गर्ने परिपाटी रहेको समेत महासंघले जनाएको छ ।       

महासंघका सचिव प्रेम शर्मा र कोषाध्यक्ष माया नेपालीको संयुक्त हस्ताक्षर रहेको उक्त विज्ञप्ती सो कार्य निन्दनिय भएकोले तत्काल सच्याउन माग गरेको छ । महासंघले सो कार्य यथासक्दो छिटो रोकिएन भने आफूहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसैबिच महासंघले विभिन्न माग राखेको छ । न्यून ज्यालाको अन्त्य २५ हजार सम्म हुनुपर्ने, आठ घण्टा बढि काम लगाउन नपाइने, लगाएको खण्डमा ओभर टाइमको व्यवस्था मिलाउनुपर्ने, लुगाभत्ता, विमाको व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ