२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिपावली र छठपुजा नजिकिएसँगै बाँस र माटोका सामाग्रीहरुको बिक्रीवितरण बढ्यो

२०७४, १ कार्तिक बुधबार ०७:२३

सरोज यादव | कात्तिक १, सर्लाही | दीपावली र छठ पुजा नजिकिए सँगै सर्लाहीमा बाँस र माटोबाट बनाइएका सामाग्रीहरुको ब्यापार बढेको छ । छठ पर्वमा डोम समुदायले हरियो बाँसबाट विभिन्न सामाग्रीहरु बनाएर बिक्रीगर्ने गरेको छ ।छठमा विशेषगरी बाँसबाट बनाइएका ढकिया, सुपली , डालो , नाँग्लो इत्यादि सामाग्रीहरुको माँग बढी हुनेगरेको भाँडसर -५ स्थित अोरलहिया टोलका जगदीश मल्लीले बताउनुभयो । 

चाडपर्व को बेला त्यसता सामाग्रीहरु बेचेर राम्म्रै कमाइ हुने गरेको मल्लीले भने । डोम समुदायले बाँसको सामाग्री बनाएर जिल्लाको सदरमुकाम मलंगवा , बरहथवा, बयलबास, गोडैता, लालबन्दी , नवलपुर, हरिवन, हरिपुर्वा , कौडेना तथा सिमापारी सोनबर्षा , कन्हौली लगायतका बजारहरुमा बिक्रीको लागि लाने गरेका छन् ।


बाँसबाट बनाइएका सामाग्रीहरु पुजापाठको लागि पवित्र मानिएको ले यसको माँग रखपत बढी मात्रामा हुने गरेको राजपा नेपाल सर्लाहीका उपाध्यक्ष राजकुमार रायले बताउनुभयो । त्यसैगरी दिपावली र छठपर्व नजिकिए सँगै कुमालेहरुले माटोबाट बनाइएको सामाग्रीहरुको पनि बिक्री बढेको छ।अहिले सर्लाहीका साना ठुला बजारहरुमा माटोको दियो, ढकनी , गाग्री,माटोको हात्ती , सामाचकेबाको मुर्ती तथा लक्ष्मी गणेशको मुर्ति इत्यादि सामाग्रीहरुको बिक्री बढेको छ ।

अफ सिजनमा माटोबाट बनाइएका सामाग्रीहरुको खासै माँग नभए पनि दिपावली र छठमा यसको बिक्री बढी हुने गरेको गोडैताका कुमाले( कुम्हार) रामध्यान पंडित ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ