
काठमाडौँ | स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।