२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतका बैकहरुले यस्तो समेत गर्दा रहेछन् -भिडियो सहित

२०७४, १४ कार्तिक मंगलवार ०६:२१

एभरेष्ट दियो बालमन्दिरलाई प्रिन्टरपर्वत । एभरेष्ट बैक जिल्ला शाखा पर्वतले बाल मन्दिर प्राविलाई एक थान प्रिन्टर र शैक्षिक सामाग्री प्रदान गरेको छ । आफ्नो स्थापना कालको २३ औं बार्षिक उत्सवको अबसर पारे कुश्मा नगरपालिका ५ मा रहेको बालमन्दिर प्राविलाई सोमबार प्रिन्टर हस्तान्तर गरेको हो ।बैकका शाखा प्रबन्धक शिवराज तिमिल्सीनाले उक्त प्रिन्टर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्मा र प्रधानाध्यापकलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा बोल्दै शाखा प्रबन्धक तिमिल्सीनाले बैकको  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त प्रिन्टर सहयोग गरेको बताए । बार्षिक उत्सवको अबसर पारेर आफ्नो क्षेत्रमा रहेका गरिब तथा विपन्न, दलित समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाइ सहयोग गर्ने सोचका साथ बालमन्दिरलाई सहयोग प्रदान गरेको बताए । उनले बैक नाफा र लगानी गर्नको लागि मात्रै नभइ समाजमा आफ्नो उत्तरदायी भूमिका निर्वाह गर्नको लागि समेत सक्रिय छन् भन्ने यसले सन्देश दिने बताए ।

जिल्ला बाल संगठन पर्वतका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले बैकले गरेको सहयोग विद्यालयको लागि अतुलनीय भएको बताए । उनले बैकले दिएको प्रिन्टर विद्यालयले सहि सदुपयोग गर्ने जनाए ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यसभन्दा पनि अघिल्लो समयमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले समेत सहयोग गरेको स्मरण गरे । सदरमुकाम कुश्माभित्र रहेर पनि पछि परेको विद्यालयको विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आफूहरु सक्रिय रुपमा लागि परेको बताए ।

 

कार्यक्रममा कुनपा ५ की वडा अध्यक्ष चित्रकला भारतीले विद्यालयलाई वडा कार्यालयले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले कुश्मा बजारमै भएर पनि ओझेलमा परेको भन्दै विद्यालयको शैक्षिक र भौतिक विकास पूर्वधार निर्माणको लागि सक्दो सहयोग गर्ने बताइन ।  कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका सल्लाहकार कमलनाथ पोख्रेलले गरेका थिए ।

देवविकासले दियो  दुर्घटना विमा भुक्तानी 


देव विकास बैक  जिल्ला शाखा पर्वतले यहाँका एक सेवाग्राहीलाई व्यक्तिगत दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । मोदी गाउँपालिका २ (देउपुर ८) घर भइ हाल कालिका नगरपालिका १२ ( साविक पदमपुर ६) बस्ने भिमप्रसाद शर्माको बाघको आक्रमणबाट मृत्यु भएपछि बैकले व्यक्तिगत दुर्घटनाबापत उनकी श्रीमती चन्द्रमाया भण्डारी शर्मालाई एक लाख बराबरको चेक प्रदान गरेको हो । शर्माको बाघको आक्रमणमा परी २०७३ फागुन ११ गते ज्यान गएको थियो ।

शर्माको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतका निमित्त प्रमुख डिल्लीराम पौडेलले चेक हस्तान्तरण गरेकोको पर्वत शाखाका प्रबन्धक केदारनाथ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने