२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छथर गाउँपालिकामा शिशु हेरचाह केन्द्रको भवन निर्माण हुने

२०७४, १८ कार्तिक शनिबार ०२:४०

तेह्रथुम, १८ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेमा रहेको सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन निर्माण हुने भएको छ । 

हेरचाह केन्द्रलाई दिगो र व्यवस्थित बनाउन केन्द्रका लागि आफ्नै भवन निर्माणको काम सुरु भएको हो । स्थानीय जलदेबी र रोटेपिङ महिला समुहले गाउँमै शिशु हेरचाह केन्द्र सन्चालन गर्दै आएका थिए । 

भवन निर्माणका लागि दातृ निकाय एक्सनएड नेपालले २ लाख ५० हजार सहयोग गर्ने भएपछि स्थानीयबासी उत्साहित छन् । जिल्लामा एक्सनएड नेपालको सहयोगमा दलित सचेतना समाज नेपालले स्थानीय अधिकार कार्यक्रम सन्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि निर्माण समिति गठन भएको हो । 

भवन निर्माणकाल लागि शिवमाया शिवाको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन भएको छ । यस्तै सुनिता नेपालीको संयाृजकत्वमा ३ सदस्यीय सामान खरिद समिति गठन गरिएको छ । 

भवनको मुल्याङन तथा अनुगमनका लागि बिमला बिकको संयोजकमा ५ सदस्यीय समेत बनाइएको छ । शिशु हेरचाह केन्द्रको आफ्नै भवन नहुँदा हेरचाह केन्द्र सन्चालनका लागि समस्या रहेको थियो । 

शिशु हेरचाह केन्द्रमा स्थानीयले विद्यालय पुर्वास्थाका बाल बच्चाहरुलाई दिनभर राखेर हेरालुले रेखदेख गर्ने गरेका छन् । सो समयमा आमाहरुलाई आयमुलक काममा लाग्न सहज होस् भनेर केन्द्र सन्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ