३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा

२४ कार्तिक २०७४, शुक्रबार ०३:१९

कात्तिक २४, बैतडी (रासस) | आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उहाँले बताउनुभयो । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले मदिराको कारोबारमा रोक लगाउने निर्णय भएको हो । 

मदिराको कारोबार रोक्नका लागि प्रत्येक स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरिसकिएको छ । 

निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा मंसिर १० गते निर्वाचन हुँदैछ । 

मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुग्यो 

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मतपत्र बाहेकका निर्वाचन सामग्री बैतडी आइपुगेको छ । 

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा जिल्ला निर्वातन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनका बेला आवश्यक पर्ने निर्वाचन सामग्री, मतदाता शिक्षा सामग्री लगायतका आवश्यक सामग्री पुगेका हुन् । 

बैतडीमा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम कात्तिक २६ गते हुने भएको छ भने मतदाता शिक्षा स्वयंमसेवकलाई कात्तिक २५ गते तालीम दिइने भएको छ । 

निर्वाचन केन्द्रित बैतडीका राजनीतिक दलले आजभोलि प्रचारप्रसारलाई तीव्र गति दिएका छन् । सबै राजनीतिक दल गाउँकेन्द्रित भएर आ–आफ्नो पक्षमा मत पार्न सक्रिय भएका छन् । बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई सिट रहेको बैतडीमा १२ जना चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड