चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा ("/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बोल्न नसक्ने नेताका कारण विकासमा जिल्ला पछि पर्यो: पोखरेल

२०७४, ७ मंसिर बिहीबार ११:१८

चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेद्वार सुवासकुमार पोखरेलले बताउनुभयो । केन्द्रमा पुग्ने नेता तथा सभासद वोल्नलाई डराउँछन् कसरी हुन्छ बिकास उनले थपे, त्यसको असर जिल्लालाई पर्ने गरेको छ ।  


आगामी आईतवार हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावका लागि विहीवार कांग्रेसले दिक्तेलमा गरेको घरदैलो अभियान अन्तरगत त्रिवेणीचोकमा सभालाई संवोधन गर्दै उम्मेद्वार पोखरेलले,‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । 

उनीहरु वोल्न नसकेका हुन् । वोल्न नसक्दा जिल्लालाई सधै अरुको विकास हेरेर वस्न बाध्य बनाएको बताए ।’ जिल्लाका लागि बिकासमा बजेट आएको हुन्छ, त्यसमा उनीहरु न त थपि माग्छन्, न बोल्छन्, जती पाउँछन् लिएर आफुलाई नाफा राखेर जनतालाई दिन्छन् अनि कसरी हुन्छ विकास उनले जनसभामा उपस्थित जनतालाई सचेत गराउन प्रश्न राखे ।  

सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको बिकास शुन्य हुंदा हजारौ युवायुवतीहरु मुसलमानको देशमा गुलामी गर्न जानु परेको तितो यथार्थ बताउदै अब त्यस्तो स्थिती आउन नदिने प्रतिबद्धता जनाए । जनताले आफुलाई जिताएर केन्द्रमा पठाए सबैभन्दा पहिला जिल्लालाई संबृद्ध बनाउने घोषणा गरेका छन् । 

जसका लागि नेता पोखरेलले सहयोग गर्न सवै स्थानिय जनतालाई आग्रह गरेका छन् । मौन अवधिको समय नजिकिदै गर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघिय समाजवादी फोरम, बाम गठबन्धनले सक्दो घरदैलो अभियान दु्रत गतीमा गरीरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश