३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङबासीको सपना पुरा, सरर… काठमाण्डौ-तराई सिधा यातायात

८ मंसिर २०७४, शुक्रबार ०८:३६

चिसाङ शेर्पा मंसिर ८, खोटाङ । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीको मोटरेबल पुल शुक्रवार विहान ९ बजेदेखी अनौपचारिक रुपमा खुल्ला भएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित बाहुनीडाडाँ र ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिका थाक्लेको सिमानामा पर्ने करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुलमा हर्कपुर सडक डिबिजन प्रमुख ईश्वरबहादुर रिजालले डिभिजनको गाडी पार गराएर सर्वसाधारणका लागि खुला गर्नु भएको हो ।

करिब ११ करोडको लागतमा निर्माण गरिएको आरसिसि ससपेन्सन ब्रिज विहीवार सञ्चालन गरिने भनिए पनि लोड टेष्टको काम नसकिएकाले शुक्रवार विहान सञ्चालन गरिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका साईड इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । उनले भने, ‘बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’

खोटाङको संमृद्धिको सुचकको रुपमा हेरिएको नेपालकै नमूना मोटरेबल पक्की पुल सुचारु भएसंगै जिल्लावासीमा खुशियाली छाएको छ । 


ब्यग्र प्रतिक्षापछि पुल सुचारु भएसंगै खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । पुल खोलिए पछि चुनावमा भोट लगाउन आउने–जाने खोटाङवासी तथा जिल्ला वाहिरका सर्वसाधरणलाई राहत पुगेको छ । 

मोटरेबल पुल शुरु भएसंगै खोटाङ–काठमाण्डौ, पुर्वी तराइ–खोटाङ यातायात सिधा भएको छ । पुल नहुँदा दिक्तेलदेखी जयरामघाटसम्म मात्रै यातायात सञ्चालन हुने गर्दथ्यो । हिउँदमा बेलिब्रिज र बर्षादमा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो ।

सम्झौता म्याद नाघेको ५ वर्षपछि निर्माण सम्पन्न भएको पुलले जिल्लालाई स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ