२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकारमा बस्न बाध्य

२०७४, १२ पुष बुधबार ०८:१३

पुस १२, बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । 

लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । 

लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजना बन्द हुँदा मोबाइल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । 

तीन वर्ष अगाडिदेखि सञ्चालनमा दानुगाड लघुविद्युत् आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ । 

विद्युत् सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत् प्रवाह हुने गरेको लेकम गाउँपालिका–१ सेजालीका कमला कार्कीे जानकारी दिनुभयो । भोल्टेजमा घटबढ हुँदा मोबाइल सेट, चिम तथा बल्बका साथै विद्युतीय उपकरण बिग्रिने गरेको छ उहाँले भन्नुभयो, “महिलाले घरायसी काम गर्न राति अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्द हुँदा समस्या हुने गरेको छ ।” 

पाँच महिनादेखि लघुजलविद्युत् आयोजना बन्द हुँदा लेकम गाउँपालिका–१ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

तीन वर्षअघि राजाकोट युवा क्लबको पहल तथा गरिबी निवारण कोषको रु ३९ लाख तथा साविकको शर्मोली गाविसको रु दुई लाख गरी कूल ४१ लाखमा आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो । 

गत भदौमा मेसिनमा खराबी आएकाले मर्मत गर्न आर्थिक समस्या रहेको दानुगाड लघुजलविद्युत् आयोजनाका अध्यक्ष जनार्दन भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका आर्थिक सहयोगका लागि अनुरोध गरेका छौँ, सहयोग पाएमा छिट्टै मर्मतको तयारीमा छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु