४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा कमी

१५ पुष २०७४, शनिबार १२:०८

पुस १५, तेह्रथुम ।   यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । 

गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तला नफलेको किसानले बताए । 

यस वर्ष गत वर्षभन्दा कम मात्रै सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवनसिंह बुढाथोकीले बताउनुभयो । “यसपालि सुन्तला खासै फलेनँ, किसान खेतीप्रतिनै निराश देखिएका छन्” उहाँले भन्नुभयोे । फूल खेल्ने समय र फल लाग्ने समयमा असिना पानी परेका कारण सुन्तला उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो । 

केही किसानको बगानमा स्याहार नपुग्दा रोगको संक्रमण रहेकोसमेत उहाँले स्वीकार्नुभयो । सुन्तलामा यो वर्ष ऐजेरुको समस्या बढी देखिएको छ । यो वर्ष गत वर्षको आधा मात्रै सुन्तला फलेको आठराई गाउँपालिका–४, इवाका किसान प्रल्हाद उप्रेतीले बताउनुभयो । “यसपालिका सुन्तला त्यति फलेनँ, तर भाउ चाँहि राम्रो छ” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत नै कम सुन्तला फलेको मेन्छ्यायेम गाउँपालिका–५ का किसान भीम भट्टराईले बताउनुभयो । 

गत वर्षभन्दा यो वर्ष आधा मात्रै सुन्तला फलेको सुन्ताला किसानको भनाइ छ । उत्पादन घटेपछि मूल्य भने उच्च देखिएको छ । गत वर्ष प्रतिकेजी रु ४० कारोबार भएको सुन्तला यो वर्ष रु ७० मा कारोबार भइरहेको छ । बीस रोपनी जमिनमा सुन्तला खेती लगाएका कृषक उप्रेतीले भन्नुभयो, “गत वर्ष पनि सुन्तलाबाट राम्रो कमाइ भयो, यो वर्ष अझै आश गरेको थिएँ, तर मूल्य बढे पनि उत्पादनचाँहि घट्यो ।” 

यो वर्ष विगतभन्दा ससाना दाना लागेको छथर गाउँपालिका–४, फाक्चामाराका किसान खगेन्द्रराज दाहालले बताउनुभयो । “सुन्तला नपाकी झर्ने, पात पहेँलो हुने र बोटै मर्ने, ऐजेरु लाग्नेलगायत रोगका कारण यो वर्ष सुन्तला राम्रो फलेनँ” उहाँले भन्नुभयोे । दाहालले पनि करिब २५ रोपनी जमिनमा सुन्तला खेती लगाएका छन् । खेतीको क्षेत्र वर्षेनी बढाए पनि रोग किराको संक्रमणका कारण राम्रो आम्दानी लिन नसकेको उहाँले बताउनुभयो । 

“रोगको निदानका लागि कृषि प्राविधिकलाई देखाए पनि समाधान भएनँ, माटो परीक्षण गरेरै खेती थालेको थिएँ” उहाँले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार सबै स्थानीय तहमा सुन्तला खेती हुन्छ । तर त्यसमध्ये पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ । 

जिल्लाका एक हजार १३ हेक्टर जमिनमा सुन्तलाखेती भइरहेको कार्यालयको तथ्यांक छ । गत वर्ष जिल्लामा पाँच हजार ८४२ मेट्रिक टन सुन्तला फलेको थियो । यहाँ उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ समेत निर्यात हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ