२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार करोडको लागतमा पक्की कुलो

२०७४, २७ पुष बिहीबार ११:१७

  पुस २७ इलाम (रासस) | जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । 

एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो । 

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदान साबित हुने भएको छ । सिँचाइ विकास डिभिजन कार्यालयले सो कुलो निर्माण गर्न लागेको हो । 

गत वर्षदेखि कुलो निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङ बताउनुहुन्छ । देउमाई नगरपालिका र एकतप्पाबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पामा सिँचाइ सुविधा पुग्नेछ । करिब १२ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पाका एक हजार ५०० घरधुरी लाभान्वित हुने अध्यक्ष योङहाङ बताउनुहुन्छ । अहिलेसम्म करिब चार किलोमिटर कुलो निर्माण भइसकेको छ । 

यहाँका किसानले कुलो निर्माण शुरु भएपछि राहत महसुश गरेका छन् । “सागसब्जी लगाउन पाइँदैन्थ्यो, कुलो बनेपछि तरकारी उत्पादन शुरु गरेका छौँ,” योङहाङले भन्नुभयो । 

पाँचथर र इलामका गरी ८० जना मजदुर कुलो निर्माणमा जुटेका छन् । यहाँको रूपटार, पितामरूङ र खम्बुवा अन्नको भण्डार नै मानिन्छ । मलिलो माटो भएकाले उब्जनी पर्याप्त मात्रामा हुने गरेको वडा नं ७ का वडाध्यक्ष लोकबहादुर गोदारले बताउनुभयो । 

करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सो कुलोले एकतप्पाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने बताइएको छ । 

––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ