३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा निमार्णाधीन भवन अज्ञात समूहले भत्कायो

१३ माघ २०७४, शनिबार १४:५९

माघ १३, मुगु | जिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् । 

जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो । 

गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीका अनुसार गएराति कामदारहरु काम सकेर कालै, पुरुमुरु र जिमा गाउँमा सुत्न गएका बेला अज्ञात समूहले मौका छोपी भवन भत्काएको हो । 

गाउँपालिकाको केन्द्र सोरुकोट वा कुलाहाँ कहाँ राख्ने भन्नेबारेमा विवाद भए पनि कृषि सेवा केन्द्रको भवनबारे कुनै विवाद थिएन । भवन बनेपछि गाउँपालिकाको केन्द्र कुलाहाँ नै बन्छ भन्ने आशंकाले निमार्णाधीन भवन भत्काइदिएको हुनसक्ने गाउँपालिकाले अनुमान गरेको छ । 

बन्दै गरेको भवन अज्ञात समूहले भत्काइदिएपछि सोको मुचुल्का गर्न कालै गाउँमा रहेको प्रहरी चौकीबाट आज प्रहरी घटनास्थलमा गएको प्रहरी कार्यालयले जनाएको छ । 

एक तला चार कोठाको भवन कूल रु २५ लाख लागतमा निर्माण हुँदै थियो भने झ्यालसम्म भित्ता निर्माण भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट पाँच घण्टा पैदल उत्तर दिशामा रहेकाले सूचना ढिलो प्राप्त भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’