२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजधानीभित्रै संगठित रुपमा विद्युत् चोरी, पचास करोड राजस्व गुम्यो

२०७४, १८ माघ बिहीबार ०८:५६

रमेश लम्साल / माघ १८, काठमाडौँ | राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य खुलेको छ । 

नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । 

ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउ, लुभू जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभूबजार र लाकुरीभञ्ज्याङमा अत्यधिक विद्युत् चोरी हुने गरेको छ । 

यसैगरि, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले पनि संगठितरुपमा विद्युत् चोरी गरेको पत्ता लागेको प्राधिकरणको दाबी छ । ती क्षेत्रमा ५० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । प्राधिकरणले चोरीका कारण ती स्थानबाट मात्रै वार्षिक रु ५० करोड बराबरको राजश्व गुमाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युत्को प्रयोग गरिरहेकाले ठूलो दुर्घटना हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग छलफल गर्नुभएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । 

विद्युत् चोरी नियन्त्रणका लागि उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिइएको प्रवक्ता अधिकारीको भनाइ छ । “राजधानीकै उपभोक्ता संगठितरुपमा विद्युत् चोरीमा संलग्न हुनु मुलुककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौँ,” घिसिङले रासससँग भन्नुभयो, “त्यसपछि जस्तोजुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौँ, राजधानीलाई विद्युत् चोरी मुक्त बनाउन सबैको सहयोग जरुरी छ ।” 

संगठित चोरी उस्तै 

ललितपुरको शहरी क्षेत्र पर्ने पाटन फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठितरुपमा विद्युत् चोरी भइरहेको छ । 

विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर हेर्न नदिनेलगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “चोरी नियन्त्रण गर्न जाँदा संगठितरुपमै कर्मचारीमाथि आक्रमण हुने गरेको छ ।” उहाँले ललितपुरलाई विद्युत् चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । 

चोरी नियन्त्रणका लागि जनचेतना 

प्राधिकरणले चोरी नियन्त्रणका लागि जनचेतना अभियान सँगसँगै शुरु गरेको छ । उपभोक्तालाई समेत विद्युत् चोरी नगर्न र गरिएको फेला पारेमा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ । यस्तै पोष्टर टाँस्ने, माइकिङलगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख सिंहले बताउनुभयो । 

ललितपुरमा चोरी बढिरहेको बेला भक्तपुरमा भने चोरी नियन्त्रण अभियान सफलताका साथ अगाडि बढिरहेको छ । प्राधिकरणको प्रणालीमा २२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । चालू आवमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६ दशमलव ८२ को चुहावटलाई चालू आवमा ३ दशमलव ६४ प्रतिशतले घटाएर १३ दशमलव १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो