३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजधानीभित्रै संगठित रुपमा विद्युत् चोरी, पचास करोड राजस्व गुम्यो

१८ माघ २०७४, बिहीबार ०८:५६

रमेश लम्साल / माघ १८, काठमाडौँ | राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य खुलेको छ । 

नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । 

ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउ, लुभू जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभूबजार र लाकुरीभञ्ज्याङमा अत्यधिक विद्युत् चोरी हुने गरेको छ । 

यसैगरि, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले पनि संगठितरुपमा विद्युत् चोरी गरेको पत्ता लागेको प्राधिकरणको दाबी छ । ती क्षेत्रमा ५० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । प्राधिकरणले चोरीका कारण ती स्थानबाट मात्रै वार्षिक रु ५० करोड बराबरको राजश्व गुमाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युत्को प्रयोग गरिरहेकाले ठूलो दुर्घटना हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग छलफल गर्नुभएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । 

विद्युत् चोरी नियन्त्रणका लागि उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिइएको प्रवक्ता अधिकारीको भनाइ छ । “राजधानीकै उपभोक्ता संगठितरुपमा विद्युत् चोरीमा संलग्न हुनु मुलुककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौँ,” घिसिङले रासससँग भन्नुभयो, “त्यसपछि जस्तोजुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौँ, राजधानीलाई विद्युत् चोरी मुक्त बनाउन सबैको सहयोग जरुरी छ ।” 

संगठित चोरी उस्तै 

ललितपुरको शहरी क्षेत्र पर्ने पाटन फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठितरुपमा विद्युत् चोरी भइरहेको छ । 

विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर हेर्न नदिनेलगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “चोरी नियन्त्रण गर्न जाँदा संगठितरुपमै कर्मचारीमाथि आक्रमण हुने गरेको छ ।” उहाँले ललितपुरलाई विद्युत् चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । 

चोरी नियन्त्रणका लागि जनचेतना 

प्राधिकरणले चोरी नियन्त्रणका लागि जनचेतना अभियान सँगसँगै शुरु गरेको छ । उपभोक्तालाई समेत विद्युत् चोरी नगर्न र गरिएको फेला पारेमा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ । यस्तै पोष्टर टाँस्ने, माइकिङलगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख सिंहले बताउनुभयो । 

ललितपुरमा चोरी बढिरहेको बेला भक्तपुरमा भने चोरी नियन्त्रण अभियान सफलताका साथ अगाडि बढिरहेको छ । प्राधिकरणको प्रणालीमा २२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । चालू आवमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६ दशमलव ८२ को चुहावटलाई चालू आवमा ३ दशमलव ६४ प्रतिशतले घटाएर १३ दशमलव १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’