२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको महाशिला गाउँपालिकामा एक घर एक रोजगार अभियान शुरु, ६ सय जनालाई आवेदन खुल्यो

२१ माघ २०७४, आईतवार ०८:२२

माघ २१, पर्वत । पर्वत ‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो । गाउँपालिकाका ६ वटै वडाका १८ देखि ३५ वर्षका यूवाहरुलाई कार्यक्रममा समाबेश गरिने भएको छ । गाउँपालिकाका ६ सय यूवालाई स्वयंसेविको रुपमा नियुक्त गरेर मासिक ६ हजार तलव र दैनिक २५ रुपैयाँ खाजा खर्च दिएर नियुक्त गर्न लागिएको हो । मासीक ६ हजार पाउनेहरुले महिनामा अनिवार्य १५ दिन काम गर्नुपर्ने छ । भने १५ दिन घरको काम गर्न सक्ने छन् । यसरी हेर्दा दैनिक ४ सय रुपैया काम गरे वापत पर्ने छ । वेरोजगारलाई मात्र छनौट गर्ने र एकाघरमा सरकारी जागिर खाने व्याक्ति भएमा त्यस्तालाई कार्यक्रममा समाबेश नगरिने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाका अध्यक्ष राजु पौडेलका अनुसार स्वयंसेवकलाई दुई महिना सीपमुलक र व्यवसायिक तालिम दिने गाउँपालिकाले जनाएको छ । उनीहरुलाई सिकर्मी, डकर्मी, दक्ष मिस्त्री, प्लम्विङ, पाईपलाईन, वाटो मर्मत, स्वास्थ्य, खेलकुद, एकेडेमी, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत वाँस र काठका सामाग्री वनाउने तालीम दिईने भएको छ । त्यस्तै छनौट भएका यूवालाई १ महिना सम्म कार्यमुलक अनुसन्धानमुलक कार्यमा काम गरेर उनीहरुको दक्षता निक्र्यौल गरि परिचालन गरिने जनाइएको छ ।

गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन,स्वास्थ्य, सडक, हाउजिङ जस्ता क्षेत्रमा यूवाहरुलाई परिचालन गर्ने योजना अनुसार स्थानीय स्तरमा रोजगारी दिने यो कार्यक्रम ल्याएको जनाइएको छ । गाउँपालिकाले स्थानीय तहमा जनप्रतिनिधी आएपछिको ८ महिनामा गरेका कार्य र आगामी दिनमा गर्ने कार्यहरुको वारेमा पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष पौडेलले गाउँपालिकाले सम्पन्न गरेका कार्य र आगामी दिनमा गर्ने योजनाको वारेमा जानकारी दिए । गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि, शिक्षा, पर्यटन र रोजगारीको क्षेत्रमा गर्ने कामको १० पृष्ठ लामो कार्ययोजना सार्वजनिक गरेका छन् ।

उनले कृषि, शिक्षा, पर्यटनका माध्यमवाट घर घरमा आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने भएकाले यि चार क्षेत्रलाई एकअर्का संग सम्वन्धित वनाएर योजना तय गरिएको वताए । कृषि अन्तर्गत तरकारी ढुवानीमा अनुदानको व्यवस्था भैसकेको छ । त्यस्तै गाउँपालीकाले टनेलको व्यवस्था गर्ने, साना सिँचाईको व्यवस्था गर्ने, निशुल्क वीउको व्यवस्था गर्ने योजना रहेको छ ।

अलैँची, लप्सी, मौरीपालन, च्याउखेती, वाख्रापालन, भैसीपालन, पाडापाडी पालन जस्ता कृषि संग सम्वन्धित कार्यक्रम लाई अनुदानको व्यवस्था गरिएको छ । सुन्तला, तरकारी, कफि, लप्सी, अलैँची र चियाको पकेट क्षेत्र वनाएर कृषिको विकासमा गाउँपालिका लागिपर्ने योजना पारित भैसकेको छ । गाउँपालीकाले शिक्षाको क्षेत्रमा पनि दुरगामी योजना वनाएर लागु गरेको छ ।

यहि वर्षदेखि सबै विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भैसकेको छ । गाउँपालिकाका अध्यक्ष पौडेलका अनुसार सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्ने तयारी छ । गाउँपालीकाले ७ मिटर फराकिलो वाटो वनाउँदैछ । सबै वडामा रहेका काठेपोललाई विस्थापित गर्न यस वर्ष ४ सय वटा फलामका पोल खरिद गरिएको छ । ५ वटा वडामा एक घर एक धारा पुराउने योजना शूरु गरेको छ । जिल्लामा नै अति आवश्यक देखिएको फलामखानीमा लिप्ट खानेपानीको शरु गएिको छ ।

६ वटा वडा रहेको महाशिलाका सबै वडामा वडा कार्यालयको भवन वनाउने योजना समेत गाउँ कार्यपालीकाले पारित गरेको छ । ईन्रनेटको व्यवस्था सबै वडामा पुगेको छ । व्याक्तिगत घटना अव कम्प्युटरको माध्यम मार्फत राख्ने कार्य शुरु भैसकेको छ । विनियोजित कूल वजेटको ३० प्रतिशत रकम खर्च भईसककेको अध्यक्ष राजू पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली