४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

२१ माघ २०७४, आईतवार १०:२५

माघ २१, जाजरकोट | जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो । 

सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको आवेदन प्राप्त भएकामा ९८ घरधुरीमा विद्युत् जडान गरिएको र नेपाल प्राधिकरणका शाखा प्रमुख लोक खड्काले जानकारी दिनुभयो । 

बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान शुरु गरिने उल्लेख गर्दै उहाँले पुरानो लाइन हटाउने र नयाँ लाइन जोड्ने काम भइरहेकाले केही समस्या भएको बताउनुभयो । 

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकाममा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्द भएपछि सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’