२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

२०७४, २१ माघ आईतवार १०:२५

माघ २१, जाजरकोट | जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो । 

सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको आवेदन प्राप्त भएकामा ९८ घरधुरीमा विद्युत् जडान गरिएको र नेपाल प्राधिकरणका शाखा प्रमुख लोक खड्काले जानकारी दिनुभयो । 

बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान शुरु गरिने उल्लेख गर्दै उहाँले पुरानो लाइन हटाउने र नयाँ लाइन जोड्ने काम भइरहेकाले केही समस्या भएको बताउनुभयो । 

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकाममा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्द भएपछि सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो