२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्रकार महासंघ बागलुङ शाखाको भवनलाई ६० लाख सहयोग

२०७४, १३ फाल्गुन आईतवार १०:५५

बागलुङ, १३ फागुन | पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ । 

सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो । 

अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका छन् । रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाबाहेक नौ वटै स्थानीय तहले महासंघको भवन निर्माणमा सहयोग उपलब्ध गराएका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको बताइएको छ । 

“स्थानीय तहलगायत सबैतिरबाट उत्साहजनक सहयोग आएको छ,” कोषाध्यक्ष रानाले भन्नुभयो, “वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ ।” आर्थिक सहयोग गर्नेमा २५ भन्दा बढी सहकारी छन् भने उत्तिकै संख्यामा शैक्षिक र सामाजिक संस्था छन् । 

स्वतःस्र्फूत रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाउन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो । 

उहाँका अनुसार रु एक करोडको लागतमा बन्न लागेको तीन तले भवनको दुई तला पूरा हुने चरणमा छ । बाँकी एक तला आउँदो आर्थिक वर्षमा सक्ने योजना रहेको अध्यक्ष शिरीषको भनाइ छ । “शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन बनाउन सफल हुँदैछौँ,” उहाँले भन्नुभयो, “आउँदो वैशाखसम्म नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।” 

बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले सार्थकता पाएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना