४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्रकार महासंघ बागलुङ शाखाको भवनलाई ६० लाख सहयोग

१३ फाल्गुन २०७४, आईतवार १०:५५

बागलुङ, १३ फागुन | पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ । 

सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो । 

अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका छन् । रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाबाहेक नौ वटै स्थानीय तहले महासंघको भवन निर्माणमा सहयोग उपलब्ध गराएका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको बताइएको छ । 

“स्थानीय तहलगायत सबैतिरबाट उत्साहजनक सहयोग आएको छ,” कोषाध्यक्ष रानाले भन्नुभयो, “वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ ।” आर्थिक सहयोग गर्नेमा २५ भन्दा बढी सहकारी छन् भने उत्तिकै संख्यामा शैक्षिक र सामाजिक संस्था छन् । 

स्वतःस्र्फूत रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाउन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो । 

उहाँका अनुसार रु एक करोडको लागतमा बन्न लागेको तीन तले भवनको दुई तला पूरा हुने चरणमा छ । बाँकी एक तला आउँदो आर्थिक वर्षमा सक्ने योजना रहेको अध्यक्ष शिरीषको भनाइ छ । “शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन बनाउन सफल हुँदैछौँ,” उहाँले भन्नुभयो, “आउँदो वैशाखसम्म नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।” 

बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले सार्थकता पाएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल