फागुन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा र विक्रिदर २६ रुपैयाँ ६२ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र विक्रिदर ९ रुपैयाँ ६३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ०८ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।