टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब ब"/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको आन्तरीक सडक बिस्तारमा स्थानीय सरकारको प्राथमिकता

२२ फाल्गुन २०७४, मंगलवार ०५:२९

टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउपालिका र छार्का ताङसोङ गाउपालिकाले खरिद प्रकृया अगाडि बढाएका छन । 

भौगोलिक रुपमा बिकट जिल्ला भएको कारण आन्तरीक सड्क बिस्तारमा नै बर्षौ लाग्ने हुदा पहिलो प्राथमिकतामा आन्तरीक सड्क भएको छार्काताङसोङ गाउपालिकाको कार्यालय जानकारि दिएको छ । छिमेकी जिल्ला मुस्ताङबाट पनि सड्क बिस्तार गर्न सकिने र जनताले श्रम गरेर मात्र सड्क खन्न नसक्ने भौगोलिक अबस्था भएको कारण पनि जनताको माग डोजर खरिद भएको कारण गाउपरिषदबाट पारित गरेर खरिद गर्न लागिएको गाउपालिकाका जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।  

आन्तरीक सड्क बिस्तारको लागि करोडौ बजेट लाग्ने र स्थानीय तहको आफनौ डोजर भएमा बजेटको द्रुपयोग नहुने भएको कारण खरिद गर्न लागिएको त्रिपुरा सुन्दरी नगरपालिकाका कार्यकारी भिमबहादुर धरालाले जानकारि दिए । उनका अनुसार गाउगाउमा सड्क पुर्याउने लक्ष्य रहेकोले पनि नगरपालिकाको आफनै मेसिन खरिद गर्न लागिएको बताए ।

सदरमुकाम दुनैबाट करिब २० किलोमिटरको आन्तरीक सड्क रहेको काइके गाउपालिकामा गाउगाउमा सड्क बिस्तार गर्ने जनताको माग रहेकोले डोजर खरिद गर्न प्रकृया अगाडि बढाएको कार्यकारी रामेश्वर ढुङगानाले जानकारि दिए । उनका अनुसार जनताको माग सड्कमा धरै प्राथमिकता छ आन्तरीक सड्क बिस्तार भए पछि राष्ट्रिय राजमार्ग पुग्ने बित्तिकै गाउगाउमा सड्क पुगेको आभास जनताले गर्ने बताए ।

राष्ट्रिय राजमार्गले सदरमुकाम दुनै जोड्न केहि किलोमिटर मात्र बांकी रहेको छ । राष्ट्रिय सड्क सञ्जालले डोल्पालाइ जोडेसंगै जिल्लाका धेरै क्षेत्रमा गाडि गडाउने लक्ष्य रहेको ठुलीभेरि नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले बताए । उनले भने अरु काम र सेवा स्थानीय सरकारले दिइनै रहन्छ तर सड्क पहिलो प्राथमिकता हो सड्क पुगे जनताको धेरै कुरामा सहजता हुन्छ । 

नमुना गाउपालिका बनाउने भन्दै जगदुल्ला गाउपालिकामा भाडाकै डोजरबाट आन्तरीक सड्क बिस्तार भइ रहेको गाउपालिकाका अध्यक्ष नारासिं रोकायाले जानकारि दिए । उनका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा नमुना गाउपालिका बनाएर जनतालाइ स्थानीय सरकारको अनुभुति गराउने उद्धेश्यले सड्क र सञ्चार पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने २ बर्षमा जगदुल्ला गाउपालिकाका जनताले गाउगउमा सिंहदरबारको अनुभुति गर्नेछन । 

निर्वाचन आयोगले पिक्षडिएको क्षेत्रमा राखेको मुड्केचुला गाउपालिकामा पनि सड्क बिस्तारको काम तिव्र रुपमा भै रहेको गाउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कडा चट्टान र ठुलो क्षेत्रफलमा फैलिएको गाउपालिकामा सड्कले गाउगाउ जोड्ने गाउसभाको निर्णय नै भएकोले भाडामा नै डोजरले आन्तरीक सड्क बिस्तार तिब्र रुपमा भै रहेको बताए । 


शिक्षा,स्वास्थ्य,सञ्चार लगायत अन्य थुप्रै सेवाको अनुभुति राम्रोसंग गर्न नपाएका जताले सड्क नै पहिलो बिकास हो भन्ने मानेर सबै स्थनीय तहका जनताको माग सड्क बिस्तार रहेको बिज्ञहरु बताउछन । निजि देखि सरकारी सम्मका डोजरहरु १० लाख भन्दा धेरै महगो हेलिकप्टरको भाडा तिरेर जिल्लाका बिभिन्न गाउहरुमा ढुवानी गरि आन्तरीक सड्क बिस्तार गरिदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की