२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापको पकरवासमा प्राधिकरणले अनावश्यक स्थानमा विद्‍धुत पोल वितरण गरेको गुनासो

२०७४, २६ फाल्गुन शनिबार १३:०७


 कैलाश खत्री । फागुन २६,रामेछाप ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ पकरवास गाउँमा विद्युत प्राधिकरणले जथाभावी पोल बितरण गरेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । वडा नम्बर ५ पकरवासका वडा अध्यक्ष तुलसीदाश श्रेष्ठले विद्युत प्राधिकरणले अत्यावश्यक ठाउँमा वितरण नगरी अनावश्यक ठाउँमा विद्युत पोल बितरण गरेको आरोप लगाए ।

यसका बारेमा विद्युत प्राधिकरणसँग कुरा गरिएको भए पनि आफुहरुसंग समन्वयनै नगरी विद्युत प्राधिकरणले पोल बितरण गरिरहेको उनको भनाई छ । आफ्नो वडामा आवश्यकताको पहिचान गरि पटक पटक जानकारी गराउदा पनि विद्युत प्राधिकरणले ध्यान नदिएको वडा सदस्य धर्म खत्रीले बताए ।

यता नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा रामेछापका प्रमुख बिनोद अधिकारीले भने स्थानीय जनप्रतिनिधिसंग आवश्यक समन्वय गरी पोल पठाइएको दावि गरे । उनले पकरवासमा काठको जिर्ण भएको विद्युत पोल परिवर्तनका लागि २ सय भन्दा बढि फलामका पोल पठाइएको बताए ।

केहि ठाउँमा प्राधिकरणले भनेको भन्दा फरक ठाउँमा ठेकेदारले पोल लगेको भन्ने गुनासो आफुकहाँ आएकाले त्यसको अनुगमन गरी पहिलाकै ठाउँमा पोल गाडिने प्राधिकरण प्रमुख अधिकारीको भनाई छ । पकरवासमा काठका विद्युत पोल जिर्ण भएका भन्दै विद्युत प्राधिकरण रामेछापले ८५ लाख रुपँैया विद्युत पोल खरिदका लागि रकम छ्ट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से