४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको दुर्गम ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि…

२९ फाल्गुन २०७४, मंगलवार ११:३५

रामचन्द्र न्यौपाने/ फागुन २९, डोल्पा | डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । 

समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठीन पैदलयात्रा गर्नु पर्दाको विगतको दिनलाई सम्झँदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका ८० वर्षीय वृद्ध रुद्र बुढाले घरको थाप्लोमै जिप गुडेको देखेपछि उहाँका आँखा खुशीले रसाए । 

उहाँ मात्र होइन ७० वर्षीय कर्णराम रोकायलाई पनि गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । गाडी उद्घाटन हँुदैछ भनेर गाडी हेर्न माथिल्लो थाप्ला आउनु भएका कर्णराम रोकायले गाडीसहित पुगेका प्रमुख गणेश शाहीलाई बधाई दिँदै भन्नुभयो, “भीरको बाटो खनीखनी गाडी ल्यायौ प्रमुखले, नपत्याए हेर गाउँले आफ्नै एैनाले ।” 

ठूलीभेरी नगरपालिका–५ मा पर्ने साविकको माझफाल गाविसको लाहारा गाउँनजिकै माथिल्लो लाग्ना भन्ने ठाउँसम्म आइतबारदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी यातायात, लेकबँेशी यातायात र डोल्पो सहकारी यातायातका यात्रुले खचाखच भरिएका तीनवटा महेन्द्रा जिप र दैनिक उपभोग्यवस्तु बोकेको ट्र्याक्टरसहित माझफालको माथिल्लो लाग्ना पुगेका ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले भव्य कार्यक्रमबीच रिबन काटेर बाटोको उद्घाटन गर्नुभएको थियो । 

पहिलोपटक गाउँमा यात्रुसहित पुगेका जिप र दैनिक उपभोग्य वस्तु बोकेको ट्र्याक्टरलाई स्थानीयवासीले फूलपाती अबिर टिकाले पूजाआजा गरेर भव्य स्वागत गरेका थिए । सदरमुकाम दुनैदेखि ४० किलोमिटर र विमानस्थल जुफालदेखि २५ किलोमिटर दुरीमा रहेको माथिल्लो लाग्नासम्मको मोटरबाटो ठूलीभेरी नगरपालिकाको रु एक करोडको लागतमा चार महिना लगाएर निर्माण गरिएको हो । 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा निमार्णाधीन रहेका आन्तरिक सडकमा हेलिकप्टरबाट ल्याइएका महेन्द्रा जिप यातायातको रुपमा सञ्चालनमा छन् । 

माझफालको माथिल्लो लाग्नामा यातायातका साधन महेन्द्रा जिप सञ्चालनमा आएपछि मध्य डोल्पाको विकट क्षेत्रको रुपमा रहेको माझफाल, दुरगाउँ, थरगाउँ र काँडाजाली लगायतका बासिन्दा र स्कुले विद्यार्थीलाई सदरमुकाम दुनै र विमानस्थल जुफाल आउनजान सहज भएको छ । 

नगरको पहिलो प्राथमिकता नै सडक विकास भएकाले नगरका सबै वडालाई सडक सञ्जालसँग जोड्ने र अबको पाँच वर्षभित्रमा ठूलीभेरी नगरपालिकाका सबै वडाका जनता आन्तरिक सडक यातायातको पहुँचमा पुग्ने प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । 

उहाँकाअनुसार अबको तीन महिनाभित्रमा साविकको माझफाल गाबिसको काँडातालीसम्म यातायातका साधन गुड्नेछन् । मोटरबाटोसहित यातायातका साधन जिप पुगेको अवसरमा माझफालका लाहारवासीले दिनभर र रातभर नाचगान गरी खुशीयाली मनाए । 

बहुमूल्य जडीबुटी यार्सागुम्बाको पकेट क्षेत्रको रुपमा रहेको माझफाल गाविसको माथिल्लो थाप्लोमा मोटर पुगेपछि अब कठिन र अत्यासलाग्दो झण्डै तीन घन्टाको उकालो बाटो हिँडेर नगरको केन्द्र जुफाल हुँदै दुनै जानुपर्ने बाध्यताबाट सर्वसाधारणले छुटकारा पाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ