राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा राष्ट्रिय सडक जोडिदै

३० फाल्गुन २०७४, बुधबार १२:११

टेकबहादुर शाही/फागुन ३० डोल्पा | हिमाली जिल्ला डोल्पामा राष्ट्रिय सड्क निरन्तर जोडि रहेको छ ।


राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात संञ्चालनमा ल्याईएको छ । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म जाजरकोट डोल्पाको सड्कमा यातायात संञ्चालनमा ल्याईएको हो ।

सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिबेणी बजार देखि  करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात संञ्चालनमा ल्याईएको सेनाले जनाएको छ ।

डोल्पालीले यातायात नुहुँदा खेप्नु पर्ने समस्यालाई  मध्येनजर राख्दै त्रिबेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जीप,ट्रयाक्टर लगाएतका हलुका यातायातका साधनहरु संञ्चालनमा ल्याईएको सेनाले जानकारी दिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलव ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक निर्माणकार्य सम्पन्न भईसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए ।

पहाडीले भनेबाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौति पुर्ण रहेको छ,थुप्रै चुनौतिका बाबजुत पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ । ०७५ दशैँसम्ममा डोल्पा दुनैसम्म ट्रयाक खुलाएर डोल्पाली जनताको बर्षौ देखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अगाडी बडिरहेको छ पहाडीले बताए ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रा समेत छोटिएको छ । सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्मलाग्ने नेपालगञ्ज,सुर्खेतको यात्रा छोटिएर दुई दिनमा झरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताए ।

अहिले श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भईरहेको छ,यस खण्डको बिचमा चिप्ले,फोई,फुलपानी भिर,चुँ गाड भिर लगाएतका दर्जनौ कडा चट्टानयुक्त भिर पहरा फुटाउनकालागि सेनाले विभिन्न ठाँउमा निर्माण बेश खडा गरेर तीब्र रुपमा काम अगाडी बडाईरहेको छ ।

खदाङसम्मको बाटो निर्माणकार्य सम्पन्न भईसके पनि केन्द्रबाट उच्च पदस्थ ब्यक्तिहरुको आगमनको समय नमिलेकाले खदाङसम्मको सडक उद्घाटनमा ढिलाई भएको छ । अबको दुईसाता भित्रै त्रिपुरा सुन्दरी नगरपालिको खदाङसम्म सडक उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याउने तयारी गर्दै छौ,पहाडीले भन्ने ।

जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोईन्ट जारकोटको पासगाड देखि श्रीवीण्डे बजारसम्मको ९० किमी सडक निर्माण कार्य सम्पन्न भईसकेको सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ