४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२७ बर्ष पछि सिचाई कुलो निमार्ण कृषक खुसी

३० फाल्गुन २०७४, बुधबार १५:३९

टेकबहादुर शाही | फागुन ३०, डोल्पा | आइत रोकाय उमेरले ६९ वर्षका भए तर २७ वर्ष अघि प्रकृतिले खोसिएको आफ्नो खुशि फर्केर आउला भन्ने उनलाई लागेको थिएन ।

उनले आफ्नो खोसिएको खुशि फर्काउनको लागि बिगतमा जिल्ला बिकास समिति लगायतका धेरै निकायमा पहल गरे धेरै राजनीतिकदलका प्रतिनिधिहरुसंग आग्रह समेत गरे तर कसैले उनको माग कतैबाट पनि सम्बोधन भएन् ।

संघियता पछि सिँहदरवारको अधिकार गाउगाउमा आएसंगै त्रिपुरासुन्दरी नगरपालिकाले उनको खोसिएको खुशि फर्काई दिएको । आजभोली कृषक आइत रोकायको जीवनमा खुशियाली छाएको छ ।

लिकु कुनाउटा देखि भित्र खोपु भन्ने ठाउँमा रहेको झण्डै डेढ हेक्टर खेती योग्य जमिन सिँचाईको अभावमा खाली राख्नु परेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाले सिचाई कुलो निमार्णको लागि बजेट उपलब्ध गराई दिए पछि वार्ड नं ९ का आईत रोकायको जीवनमा खुशियाली आएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं १० मा पर्ने भित्र खोपुमा रहेको डेढ हेक्टर जमिनमा सिचाई सुबिधा पुर्याउने उद्देश्यले नगरपालिकाले ९ सय ५० मिटर लामो पक्की सिमेन्टेट सिचाई कुलो निमार्ण गरिदिएको छ । उक्त सिचाइ कुलो निमार्णको लागि ३३ लाख रकम नगरपालिकाले खर्च गरेको हो ।

उपभोक्ता समिति मार्फत निमार्णधिन कुनाउटा देखि खोपु सम्मको सिचाई कुलो निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।०७४ पुस ५ गतेबाट निमार्ण कार्य शुरु गरिएको सिचाई कुलो सम्पन्न भएपछि वार्ड नं ९ र १० का झण्डै २५ घरधुरीको डेढ हेक्टर जमिनमा सिचाई सुबिधा गुग्ने त्रिपूरा सुन्दरी नगरपालिकाको कार्यालय जानकारि दिएको छ ।

चँुगाड खोलामा ०४८ सालमा कच्ची सिचाई कुलोको मुहान बाढिले बगाएपछि डेढ हेक्टर प्रयोग बिहिन भएको थियो । डेढ हेक्टर खेतियोग्य जमिनमा आधुनिक फलफुल खेती गर्ने योजनाको सपना बोकेका ३८ वषीय कार्मा रोकाय पनि सिँचाई कुलो निमार्ण भएर पानी पुगे पछि आफु ज्यादै खुशि भएको बताउँछन ।

सिचाई कुलो निमार्णको जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष बिमल पहाडीले सिचाई कुलोको मुहानमा जाली भर्न र केहि भागमा सपोर्ट पर्खाल लगाउन बाहेक अन्य निमार्ण कार्य अन्तिम चरणमा पुगेको र फागुनको अन्तीम भित्र योजना पुर्णरुपमा सम्पन्न भई पानी संचालनमा आइसक्ने बताए ।

यसै बीच सिचाई कुलो निमार्ण कार्यको गुणस्तरीयता र कामको प्रगतिबारे बुझन् स्थानीयबासिन्दा संञ्चारकर्मी र प्राबिधिक सहितको टोलीले निमार्णस्थलमा पुगेर अनुगमन तथा अवलोकन समेत गरेको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद