२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको मोदी गाउँपालिकामा भ्रष्टाचार भएको आशंका

२०७४, ६ चैत्र मंगलवार ०८:१६

चैत ६, पर्वत । मोदी गाउँपालिकाले ५५ हजारमा पाइने मिनि टेलर (हाते हलो)लाई ७० हजारमा खरिद गरी वितरण गरेको छ । कृषिमा आधुनिकरणसँगै बढ्दो हाते हलो (पावर मिनिी टेलर)को मागसँगै गाउँपालिकाले २३ जना अगुवा कृषकहरुलाई हलो खरिद गरि विक्रि गरेको हो ।

५५ हजारमा स्थानीय व्यापारीले हलो उपलब्ध गराउने भएता पनि गाउँपालिकाले ७० हजारमा एसकेटी कम्पनीको मिनि टेलर ल्याएको हो । ५५ हजारमा पाइने हलो लाई ७० हजारमा ल्याउनु र वितरण गर्नुले भ्रष्टाचारको आशंका हुन थालेको छ ।

 मोदी गाउँपालिका कृषि सेवा केन्द्रकी प्रमुख सारदा आचार्यले गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ सहितको टोलीले ल्याएको बताइन । उनले आफूलाइ हलोको मुल्य ७० हजार परेको जानकारी भएको र कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताइन । हलो डिजेलबाट चल्ने उनले बताइन् ।  मुल्यमा भएको फरकपनको बारेमा आफूलाइ कुनै जानकारी नभएको बताइन ।

हामीले ५५ हजारमा दिनसक्छौः स्थानीय व्यापारी

स्थानीय व्यापारीहरुले ५५ हजारमा मिनि पावर टेलर उपलब्ध गराउन सक्ने बताएका छन् । पावर मिनि टेलरको मुल्य पनि फरक छ । डिजेलवालालाई ५५ र पेट्रोलवालालाई ४५ हजारमा हामीले उपलब्ध गराउन सक्छौ । नाम नखुलाउने सर्तमा एक व्यापारीले भने । कम्पनीको बारेमा भने खुलाएका छैनन् ।

मोदी गाउँपालिकाका कार्यकारी र अध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । कार्यकारीलाई बारम्बार फोन गर्दा उनले फोन काटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने