४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखामा एकीकृत नमूना बस्तीका लागि सहयोग माग

१८ चैत्र २०७४, आईतवार ०४:०४

चैत १८, दोलखा | एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ । 

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो । प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न रु सात करोड ३२ लाख विनियोजन गरेको पुनः निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । 

विपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निर्माण गर्न उनीहरुले माग गरेका छन् । घर निर्माणका लागि सहयोग गरिदिन यहाँका नागरिक संघसंस्थाको पर्खाइ रहेको एकीकृत नमूना बस्तीका अभियन्ता एवम् भीनपा–४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले बताउनुभयो । चौलागाईंले भन्नुभयो, “एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनः निर्माण प्राधिकरणमा पेश गरेकाले पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन छ ।” 

एकीकृत नमूना बस्तीमा इन्जिनियर र अमिनले जग्गा छुटाउने कार्य धमाधम भइरहेको चौलागाईंले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्नेछ, होमस्टेका लागि अत्यन्तै उपयुक्त भएकाले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाले लगानी गरे औचित्य साबित हुनेछ अध्यक्ष चौलागाईंले बताउनुभयो । 

बस्तीका अभियन्ता रामजीप्रसाद चौलागार्इंले भन्नुहुन्छ, “यहाँ एउटा घर निर्माण हुन कम्तीमा रु १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम तीन लाखबाहेक रु १२ लाख आवश्यक पर्ने हँुदा सरकारले दुई प्रतिशत ब्याजदरमा दिने रु १५ लाख दिएको खण्डमा विपन्न बस्तीका नागरिकले घर बनाउन सक्ने थिए ।” बस्ती निमार्णका लागि स्थानीयस्तरमा गर्नुपर्ने सम्पूर्ण काम पूरा भइसकेको र अब भवन निर्माणका काम शुरु गर्न ढिला भइसकेकाले सहयोगी हातलाई नमूना बस्ती निर्माणमा सहयोग गरिदिन चौलागाईंले समेत आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता