२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट ठगुन्ना निर्विरोध अध्यक्ष,

२०७४, १८ चैत्र आईतवार १४:५७

लोकेन्द्र प्रशाद जोशी | चैत १८,  दार्चुला । दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट मंगलसिह ठगुन्ना अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उद्योग वाणिज्य संघ दार्चुलाको सातौ अधिवेशनमा अध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेपछि तेस्रो कार्यकालमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार उद्योग वाणिज्य संघ दार्चुलाको बार्षिक साधारण सभा शुरु भएको हो । २०५८ सालदेखि उद्योग वाणिज्य संघ भित्र प्रवेश गरेका ठगुन्नाले निर्विरोध निर्वाचित भएसँगै तेस्रो पटक उद्योग वाणिज्य संघको जिम्मेवारी सम्हालने अवसर पाएका छन् । यसअघि ठगुन्ना २०५८ सालमा उद्योग वाणिज्य संघको सल्लाहकार सदस्य, २०६० सालमा उपमहासचिव पदमा निर्वाचित भएका थिए । यस्तै ठगुन्नाले २०६४ सालमा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमाले निकट रहेका व्यवसायी ठगुन्नाले विद्रोही गरि एमालेका आधिकारीक उम्मेदवार सुरेशसिह थापालाई पराजीत गरी अध्यक्षमा विजयी भएका थिए ।

त्यसपछि ठगुन्नाले दोस्रो कार्यकाल पनि अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षको दोस्रो कार्यकालकै समयमा २०७० सालमा ठगुन्ना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भए । भने २०६७ सालमा क्षेत्रीय उद्योग वाणिज्य संघको क्षेत्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लामा व्यापारीको हकहितमा काम गर्ने भनेर चिनिएका ठगुन्नाले यस पटक फेरि सर्वसम्मतबाट अध्यक्षमा विजयी भएका छन् ।

आइतबार भएको उम्मेदवारी मनोनयनको क्रममा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध अध्यक्ष भएको निर्वाचन मण्डलका संयोजक एवं अधिवक्ता धिरेन्द्रसिह साउँदले बताउनुभयो । उद्योग वाणिज्य संघको महासचिव पद बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा निर्वतमान महासचिव विशनसिह बोहरा र सचिव मिलनराज अवस्थीले उम्मेदवारी दर्ता गराएका छन् । महासचिव बोहरा यसअघि दुइ कार्यकाल महासचिव बसेका हुन् भने मिलनराज अवस्थी सचिव हुँदै महासचिवमा उम्मेदवारी दिएका हुन् ।


तीन वटै पार्टी निकट व्यापारीहरुबाट सर्वसम्मतको प्रयास गरेपनि बोहराले चुनाव लड्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् । तीन दलको संयुक्त प्यानलमा बोहरा नपरेपछि महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मदनसिह बुढाथोकी, वाणिज्य उपाध्यक्ष इन्द्रदेव पन्त, उद्योग उपाध्यक्ष केशवबहादुर पाल, सचिव सर्पराज बडु, कोषाध्यक्ष हंशराम कुवर, र सह कोषाध्यक्ष गीता ठगुन्ना निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा कमलसिह धामी, भुवनसिह धामी, मंगलसिह ठगुन्ना, रतनसिह खाती, हरकसिह बडाल, इन्द्रसिह ठगुन्ना, बीरेन्द्रसिह धामी, दिलेन्द्रराज अवस्थी र राजेश नेपाली चयन भएका छन् ।

उद्योग वाणिज्य संघ दार्चुलाको अधिवेशनको लागि ११ सय ४० जना व्यवसायीले सदस्यता नविकरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा