२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको बिमानस्थलमा एतिहाँसिक काम… (फोटो फिचर)

२०७४, २८ चैत्र बुधबार १३:०५

टेकबहादुर शाही | चैत्र २८, डोल्पा | डोल्पाको जुफाल बिमानस्थल खेलकुद रंगशाला बनाइएको छ । खेलकुद ईतिहासमै पहिलो पटक रंगशालाको रुपमा बिमानस्थलको धावनमार्गलाई प्रयोग गरिएको छ । 

जुफालमा १० औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि खेलकुद मैदान नभए पछि बिमानस्थलको धावनमार्गमा सबै खेलकुदहरु खेलाइएको आयोजकले जानकारी दिएको छ । 

यहि चैत २५ गतेबाट ठुलीभेरी नगरपालिकाको आदर्श माद्यमिक बिद्यालयमा १० औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु गएिको जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । खेबिसका अनुसार बिद्यायलको खेलकुद मैदानको साँघुरो रहेकोले बिमानस्थलको धावनमार्गलाई जिल्ला खेलकुद समिति र बिद्यालयको अनुरोधमा दिनमा प्रयोग गरिएको बताएको छ ।


हरेक दिन बिहान सात बजे देखि हवाई उडानले ब्यस्त हुने र टिकटको लागि यात्रुहरु बीच हानथाप हुने गरेको जुफाल बिमानस्थल भने सोमबार देखि दुलही सिँगारिए झै रंगीचंगी पोसाक लगाइएका बिद्यार्थीहरु,दर्शक र समर्थकहरुको बाग्लो उपस्थितीले बिमानस्थल रंगिएको थियो ।

आयोजक बिद्यालय आदर्श माबिमा धावकको लागि मैदान नपुगेपछि १०० मिटर २०० मिटर र ४०० सय मिटर साथै रिले दौडका भागलिएका छात्र तथा छात्राहरुको दौडको लागि बिमानस्थलको धावनमार्गलाई प्रयोग गरिएको हो ।

३०० मिटर ८०० मिटर र १५०० मिटरको दौड प्रतियोगिता भने बिद्यालयकै खेलमैदानमा संञ्चालन गरिएको थियो । बिश्वको इतिहासमा बिमानस्थलको धावनमार्गलाई रंगशालाको रुपमा प्रयोग गरिएको सम्भवत यो पहिलो घटना हो ।


नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालका निमित्त प्रमुख भरत जोशीले संचारकर्मीको जिज्ञासामा कानूनत बिमानस्थलमा कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताए । तर उनले भने हिमाली तथा दुर्गम जिल्ला भएको र खेलकुद मैदानको अभावमा हवाई उडान नभएको समयमा दिउसो १२ बजे पछि आयोजकले अनुरोध गरेकाले कुनै पनि किसिमको धावनमार्गमा क्षेती नपुर्याउने सर्तमा दौड खेल संचालन गर्न दिएको बताए ।

बिहान मात्र उडान हुने यस बिमानस्थलमा हाल तारा र गोमा यएरले मात्र उडान भर्ने गरेका छन । दिनमा बढिमा २ वटा उडान हुने भएकाले पनि दिउसोको मयमा खेलकुदमा प्रयोग भएको स्थानीयहरु बताछन । खेलकुद मैदान अन्य भौतिक पूर्वाधारहरुको ख्याल नगरी आलोपालो गर्ने प््रबिधिका कारण यस्तो समस्या भएको नागरीकहरु बताछन । 


जुफाल बिमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरिक्षक कृष्णप्रसाद पौडेलले बिमानस्थलको सुरक्षा गर्ने जिम्मेवारी आफ्नै भएपनि नागरिक उडड्यान कार्यालयको निर्देशनमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न दिएको बताए ।

खेलकुद मैदानले दौडको लागि ठाउँ नपुगेकाले एक दिन तिन घन्टाको लागि मात्र नागरिक उड्डायनको अनुमतिमा संचालन गरिएको आयोजक बिद्यालय आदर्श माबिजुफालका प्रधानाध्यापक पुर्णबहादुर डाँगीले बताए । जिल्ला खेलकुद समितिका अध्यक्ष लंकबहादुर रोकायका अनुसार बिद्यालयको खेलमैदान अभावलाइ मध्यनज गरि बिमानस्थ अनुमति लिइ खेल सञ्चालन गरेको जानकारी दिए । 


चैत २७ गते सम्पन्न गर्ने भनिए पनि भलिबल ट्रिपलजम्प र ३०० मिटर दौड संचालनमा बिवादका कारण चैत २८ गते सम्पन्न हुने जिल्ला खेलकुद समिति अध्यक्ष लंकबहादुर रोकायले जानकारी दिए । उनले भने यस वर्षको रनिँङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ११ ओटा माध्यामिक बिद्यालयले सहभागिता जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार