२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकको कोल्टा डाँडामा यसरी उकालियो खानेपानी, स्थानीयमा खुसियाली

२०७५, ५ बैशाख बुधबार ०६:३८

वैशाख ५, चौतारा (रासस) | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । 

वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो । 

समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइमा रहेको सुख्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको वडाध्यक्ष धु्रवराज गिरीले बताउनुभयो । 

२०७२ सालको विनाशकारी भूकम्पले जिल्लाका धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । त्यसैगरी सो वडामा पनि पानीको स्रोतमा कमी आएपछि वडावासीलाई समस्या पर्दै आएको थियो । 

कुन उपायबाट थप पानी उपलब्ध गराउन सकिन्छ भन्ने चिन्ताले वडावासीलाई सताउन थालेको थियो । त्यसै सन्दर्भमा साविक साँगाचोक गाविसका उपाध्यक्षसमेत रहेका वडाध्यक्ष गिरीले पानी निकाल्ने प्रविधिको खोजीमा झण्डै डेढ वर्षको समय खर्चिएका थिए । 

जहाँ इच्छा, त्यहाँ उपाय भन्ने कहावतअनुसार राजधानीको एउटा कम्पनीमा आफ्नो समस्या सुनाएपछि वहाँको डेढ वर्षको परिश्रमले साकार रुप लिएको छ । वसुन्धरा रानीरोडस्थित डिकेएच रक ड्रिलिङ कम्पनी लिमिटेडले काम थालनी गरेको करीब एक महिनाको अवधिमा सफलता पाएपछि आफ्ना लागि ज्यादै खुशीको क्षण भएको गिरीले बताउनुभयो । 

त्यहाँबाट निस्किएको पानी हाललाई स्थानीयले प्रयोग गर्दै आएको चुलीथुम्की खानेपानी आयोजनाको ट्याङ्कीमा मिसाइने कार्यक्रम रहेको छ । “पानी त निकालियो, तर ट्याङ्की सानो छ” वडाध्यक्ष गिरीले दुखेसो प्रकट गर्नुभयो, “बजेटको अभावमा अर्को ट्याङ्की र पाइप खरिद गर्न भने सकिएको छैन ।” 

प्राविधिका कारण यहाँको सुख्खा डाँडामा पनि पानी निकाल्न सफल भएपछि खानेपानीको अभावमा देशका कतिपय बासिन्दाले बसाइँ सर्नु नपर्ने पाठ भने अवश्य सिकाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार