२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठुलीभेरी नगरपालिकाको केन्द्र बिबाद झनै चर्कीदै

२०७५, ५ बैशाख बुधबार १३:३१

टेकबहादुर शाही | बैशाख ५, डोल्पा । डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र बिबाद झनै चर्किदै गएको छ । केन्द्र सारेको बिरोधमा दुनैमा ४८ औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजार समेत बन्द रहेको छ । 

ठुलीभेरि नगरपालीकाको केन्द्र सदरमुकाम दुनै बाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजि गरेर सारेर राज पत्रमा प्रकाशित गरेको दुनैका स्थानीयहरुको आरोप छ । 

अघिल्लो सरकारको मन्त्रीपरिषदबाट डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र सार्ने निर्णय भइ फागुन १६ गते राजपत्रमा जुफाल केन्द्र तोकेर प्रकाशित भएको थियो । जनता भन्दा पनि नगरपालिकाका जनप्रतिनिधिलाइ नै जानकारी नगारइ कार्यकारीको मिलेमतोमा केन्द्र सारेको भन्दै फागुन १६ गते देखि दुनैबासिहरु अनिश्चितकालिन आन्दोलिनमा रहेका छन ।


गणेश चोर मुर्दाबाद, फटाहा मेयर चाहिदैन जालसाजी गर्न पाइदैन,भष्टचारी मेयर राजीनामा दे जस्ता नारा लगाउदै नगरप्रमुख गणेशबहादुर शाहीको पुत्ला दहन गरेको दुनै संघ्रस समितिका अध्यक्ष शिक्मत शाहीले जानकारी दिए । उनका अनुसार दुनै केन्द्र कायम गराएरै छोड्ने र एमालेले टिकट दिएर जिताएका गणेशबहादुर शाहीले जनतामाथि खेलवाड गरेकोले नेकपा एमालेले कारवाही गर्नु पर्ने बताए । आन्दोलनलाइ सम्बोधन गर्दै शाहीले भने जनतामा माथि खेलवाड गर्नेलाइ कारवाही किन हुदैन भन्दै आक्रोश पोखे । 

बुधबार डोल्पाको सदरमुकाममा रहेका होटल पसल र बजार बन्द गरी नगरपालीकाको केन्द्र दुनैमानै केन्द्र पुनः स्थापना गर्न पटक पटक चरण बद्ध ढंगले आन्दोलन गर्न बाध्य भएको दुनै संघर्ष समितीका अध्यक्ष तथा आन्दोलनका अगुवा हिकमत शाहीले बताए । 

केन्द्र बिबादका कारण ठुलीभेरि नगरपालिकाका कुनै पनि वडामा बिकासका कामहरु नभएको स्थानीयहरु बताउछन । आर्थिक बर्ष सकिनै लाग्दा नगरप्रमुखले सबै बजेट आफनो ब्यक्तिगष्त खातामा राखेको र बिकास नगरेको आरोप दुनै बासिहरुको रहेको छ । सर्बोच्चमा मुद्धा बिचारधिन अबस्तथामा रहेकोले अब तत्तकाल दुनैबाट काम गर्ने चेतावनी दुनैबासिले दिएका छन । 


आफ्नो हक अधिकार र केन्द्र पुन स्थापना गराउनकोे लागी यहाका नगरबसीहरु र स्वयम आफु जस्तो सुकै त्याग गर्न पनी तयार रहेको भन्दै गाउगाउबाट जनताहरु दुनैमा आएर आन्दोलनलाइ साथ दिइ रहेको संघ्रस समितिका सदस्य दलबहादुर थापाले बताए । उनले भने थाला, लोचा,तिप्ला,दुनै,रह,परिला लगाएत थरगाउका केही स्थानिय बासिन्दाहरुले दुनैमा केन्द्र पुर्ण स्थापाना हुनुपर्ने भन्दै चरण बद्ध रुपमा पटक पटकआन्दोलन गर्दै आएका छन । 

केन्द्र बिबादका कारण नगरपालिकाका कुनै पनि बिकासका कामहरु भने हुन सकेका छैनन । दुनै केन्द्र र जुफाल केन्द्रका जनप्रतिनिधिहरु आआफनै पक्षको बहुमत जुटाइ मुद्धा आफनो पक्षमा पार्नका लागि दौडधुप गरि रहेका छन । केन्द्र बिबादको मुद्धाको चैत्र २० गते सर्बोच्चमा छलफल भएको थियो केहि आधारहरु नपुगेका कारण १५ दिनको बाटो म्याद सहित केन्द्र सार्ने निर्णएको सक्कल कागजात पेश गर्न सर्बोच्चले दुबै पक्षलाइ आदेश दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु