२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

२०७५, २४ बैशाख सोमबार १६:००

लोकेन्द्र जोशी | वैशाख २४, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार  खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले खुलादिसामुक्त घोषणाको तयारी पूरा गरेको छ । दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषका साथ दार्चुलालाई सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नेछन् । प्रदेश सरकार गठन भइसकेपछि पहिलो पटक मुख्यमन्त्री भट्टले दार्चुलालाई खुलादिसामुक्त भएको घोषणागर्ने भएका हुन् । सात नम्बर प्रदेशको कैलाली खुला दिसामुक्त जिल्ला घोषणा हुन बाकी छ ।


दार्चुलाका कुल २४ हजार ६ सय १८ घरधुरी मध्ये १८२ घुरधुरीले साझेदारीमा शौचालय निर्माण गरेका छन् भने बजार क्षेत्रमा ७ शौचालय निर्माण गरिएका छन् भने बाकी विद्यालय र मन्दिर र घरहरुमा गरी कुल २४ हजार ४ सय ५९ बढि शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । दार्चुलालाई खुला दिसामुक्त घोषणासम्म पुर्याउन जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थाले ठूलो लगानी गरेका छन् । सदरमुकाम खलंगामा हुने खुलादिसामुक्त घोषणा सभाको लागि आवश्यक तयारी अन्तिमर चरणमा पुर्याइएको छ । जिल्ला खुलादिसामुक्त क्षेत्र घोषणा मूल समारोह समितिले घोषणा सभाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

घोषणा सभाको लागि दार्चुलाको गोकुलेश्वरदेखि नै स्वागत प्रवेश द्धार निर्माणदेखि लिएर सदरमुकाम खलंगा झकिझकाउ गरिएको छ । कार्यक्रममा राष्ट्यि कलाकारलाई आमन्त्रण गरिएको छ, सव डिभिजन प्रमुख रावलले भन्नुभयो, अन्य जिल्लाको घोषणा सभाभन्दा फरक तवरले दार्चुला खुला दिसामुक्त घोषणा हुनेछ । कार्यक्रममा राष्ट्यि कलाकार भोजराज भट्ट, सुरेश शाही, पुष्पा बोहरा, गौरी भट्ट, दीपा रोकाया र रेखा जोशी दार्चुला पुगेका छन् । खुलादिसामुक्त घोषणा सभाको सञ्चालन नै सात नम्बर प्रदेशका बरिष्ठ कलाकार भोजराज भट्टले गर्नुहुनेछ । यसको साथै कार्यक्रममा स्थानीय संस्कृति झल्कने गरी झाकी तथा र्याली, प्रदर्शनी, व्यासी सौका समाजको झाकी, दुहुको सरौ नाँच, लेकमको छलिया नाँच प्रस्तुती गरिनेछ । यस्तै हरेक स्थानीय तहबाट स्थानीय तहको संस्कृति प्रस्तुत गर्नेतयारी गरिएको छ । खुला दिसामुक्त घोषणा सभाको लागि सदरमुकाम खलंगाको खुलामुञ्च सजाउन थालिएको छ । बजार क्षेत्र सरसफाई गर्ने तयारी गरिएको छ । खुलादिसामुक्त समारोहमा सहभागि हुन मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेश उपसभामुख निर्मला जोशी, दार्चुलाबाट प्रदेश सभामा निर्वाचित सांसदहरु लगायत सोमबार खलंगा पुग्ने कार्यक्रम रहेको छ । 

यसैबीच जिल्ला खुलादिसामुक्त मूल समारोह समितिले सोमबार सदरमुकाम खलंगाको खुलामञ्चको सरसफाई गरेको छ । मंगलबार जिल्लालाई प्रदेश नम्बर ७ को ८ औ तथा राष्ट्कै ५२ औं खुलादिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम छ । खुलामञ्चमा रहेको फोहोर हटाइएको छ । जिल्ला समन्व्य समिति प्रमुख करबीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य लगायतको सहभागितामा खुलामञ्च सरसफाइ गरिएको छ । कार्यक्रम स्थलको तयारी गर्ने उद्देश्यले सरसफाई अभियान थालिएको हो, खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर