४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा आर्थिक गणनाको ८० प्रतिशत तथ्यांक संकलन

१ जेष्ठ २०७५, मंगलवार १०:२४

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लामा पहिलो पटक हुदै गरेको राष्ट्रिय आर्थिक गणना कार्यमा करीब ८० प्रतिशत तथ्यांक संकलन गरीएको छ । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना देशभर भैरहेको छ । जसअन्र्तगत जुम्ला जिल्लामा आर्थिक गणनाको तथ्यांक संकलन कार्य करीब ८० प्रतिशत सकिएको तथ्यांक कार्यालय जुम्लाले जनाएको हो ।              

कार्यालयले सोमबार जिल्ला सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय तथ्यांक उत्पादन, प्रयोग र चुनौति बिषयक कार्यशाला गोष्ठिमा बोल्दै कार्यालय प्रमुख दान बहादुर ऐडिले जुम्लामा तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेपछि मुगु र डोल्पामा भने तिब्र रुपमा भैरहेको जानकारी दिए । तथ्यांक कार्यालय जुम्लाको कार्यक्षेत्र मुगु र डोल्पामा भएपनि भएकाले त्यहाको आर्थिक गणना कार्य भैरहेको उनको भनाइ छ । 

उनका अनुसार म.म पसलदेखि ठुला होटलसम्मका विवरणलाई आर्थिक गणनामा समावेश गरिनेछ । ‘यो काम गर्न मान्छेको गणनाभन्दा चुनौतीपूर्ण छ । जनगणनामा राजनीतिक परिचालन पनि हुन्छ, आर्थिक गणना किन र कसका लागि भन्ने बुझाउनु हाम्रा लागि चुनौतीपूर्ण छ’, उनले भने ।

 गणनाका लागि आवाश्यक बजेट र जनशक्ति परिचालन भएका छन् । विवरण संकलनका लागि अनलाइन सर्वेक्षण विधि पनि अपनाइएको छ । आर्थिक गणना कार्यमा सबै उद्योग, व्यवसाय प्रतिष्ठान जस्ता आर्थिक एकाइको विवरण संकलन भैरहेको छ ।

हालसम्म प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना तथा कृषि र औद्योगिक क्षेत्रको गणना गर्दै आएको केन्द्रीय तथ्यांक विभागले मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिइरहेका बेला आर्थिक गणना भने, पहिलो पटक गरीरहेको छ । 

गोष्ठिमा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले आर्थिक क्षेत्रमा तथ्यांकीय अस्पष्टता अन्त्य गरी एकरुपता कायम गर्न आर्थिक गणनाले टेवा दिने बताए । हरेक काम तथ्यांकको आधारमा हुनुपर्ने भन्दै सत्य तथ्य तथ्यांक लिन र दिन उनले सबैलाई अनुरोध गरे ।     

गणनामा जिल्लामा अवस्थित वा क्रियाशील दर्ता भएका कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित आपूर्ति निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर, मोटरसाइकलको मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्था, सूचना तथा सञ्चार, वित्तीय तथा बीमासम्बन्धी, घरजग्गा कारोबार, पेशागत, वैज्ञानिक तथा प्राविधिक, प्रशासनिक तथा सहयोगी तथा पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई समेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता