५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मन्दिरमा धारा र शौचालय उद्घाटन

२६ जेष्ठ २०७५, शनिबार १६:४०

रेशमराज रोकाया | जेष्ठ २६, हुम्ला | जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, हुम्लाले २०८० साल सम्म हुम्लालाई सरसफाई रणनितिक योजना अनुसार जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानी, सुरक्षित घर, सुरक्षित समाज हुम्लाको रहर भन्ने मूल नारा अन्तरगत खानेपानीको धारा निर्माण अभियान सञ्चालन गर्दै आईरहेको छ । खार्पुनाथ गाउँपालिकाको माझा छिप्रामा रहेको लवासुर मन्दिरमा खानेपानीको धारा निर्माण गरेको छ । तिर्थालु भक्तजनको सुविधाको लागि खानेपानीको धारा निर्माण तथा उद्घाटन गरिएको छ । 

मन्दिरमा पुजा गर्न आउने तिर्थालु भक्तजनलाई यस अघि १५ मिनेटको दुरीमा रहेको छिप्रा गाउँ र दक्षिणमा रहेको कर्णाली नदीमा गएर पानी खानु पर्ने अवस्थालाई धारा निर्माणले सहज बनाएको छ । मन्दिरमा हुम्लाका सबै गाउँपालिका, बाजुरा, बझाङ्ग, मुगु अन्य जिल्लाबाट पुजा गर्नको लागि आउने भक्तजनलाई खानेपानीको लागि सहज भएको खार्पुनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लोजंग हमालले बताउनु भयो । गाउँपालिकाले हरेक गाउँमा स्वच्छ पानीको लागि दिर्घकालिन योजना बनाएर लागु गरिरहेको बेला यो धारा बन्नुले गाउँपालिकाको परिकल्पना पुरा गरेको खार्पुनाथ गाउँपालिकाका प्रशासकिय अधिकृत चन्द्रसिँह शाहीले बताउनु भयो । 


खानेपानी कार्यालयको २७ लाख, खार्पुनाथ गाउँपालिकाको ४ लाख र जन सहभागिताको ३ लाख ५० हजार गरी जम्मा ३४ लाख ५० हजारको लागतमा खानेपानी तथा शौचालयको निर्माण गरिएको हो । २ वर्ष अवधिमा ५ किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याएर मन्दिर नजिक धारा तथा शौचालय बनेर प्रयोगमा आएको पाउँदा जिल्ला खानेपानी तथा सव डिभिजन कार्यालयका ईन्जिनियर ज्वालाराज शाहीले खुसी व्यक्त गर्नु भएको थियो । मन्दिरमा खानेपानी तथा शौचालय बन्दा करिब १ हजार ५ सय उपभोक्ता लाभान्वित भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावले बताउनु भयो । 

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिकोे ५ वर्षे रणनितिक योजना २०७४।०७५ देखी सुरु गरेर २०७९।०८० मा सम्पन्न हुने गरी जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानीको धारा र सार्वजनिक ठाउँमा शौचालय निर्माणको अभियान तिव्र रुपमा अगाडी बढीरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता