२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण चरणको १२औं वर्ष बितिसक्दा राष्ट्रिय शहिद पार्क अलपत्र

२०७५, ३० जेष्ठ बुधबार ०९:१३

भिम लामा/जेठ ३०, काठमाडौं। राजधानीको पूर्वी भेग गोकर्णमा अवस्थित राष्ट्रिय शहिद तथा शान्ति स्मृति स्मारक पार्क निर्माण चरणको १२ औं वर्ष पार गर्दा समेत अलपत्र बनेको छ । 

नेपाल सरकार मन्त्री परिषद्को २०६४ जेठ ११ गते (सामाजिक समिति, २०६४ जेठ २८) को निर्णय वमोजिम २०६२÷६३ को दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गर्ने तथा अन्य सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शाहिदको  बलिदानलाई चिरस्थायी एवम् सदा ताजगी राख्नका  लागि तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मातहत रहने गरी करिव ४७ करोड विनियोजीत रकमबाट ९ वटा प्याकेजको टेण्डर भई कार्य प्रारम्भ भएकोमा १२ वर्षको अन्तरालमा समेत पार्क निर्माण सम्पन्न हुन सकेन । 


बरु उल्टै निर्माण भएका भवन लगायतका संरचनाहरु भत्किन थालेको, यत्रतत्र लथालिङ्ग अवस्थामा हुदाँ १२ वर्षदेखि स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका सुर्दशन सिग्देल पार्क अस्तव्यस्तसंगै आन्तरिक रुपमा आफुखुसी गतिविधि सञ्चालन गर्दै आएको  जानकारी प्राप्त भएको छ । 


विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल बैशाख मसान्तमा सम्पन्न हुने सम्झौता भए पनि ०७५÷०७६ को आर्थिक वर्ष प्रवेश अर्थात् १२औं वर्षमा प्रवेश गर्दा समेत आधा काम सकेको छैन् । 

पार्क निर्माण सुरु हुदाँको बखत हजारौ हजार मान्छेहरु कार्यक्रममा स्वतःस्फूर्त सहभागी हुने गर्दा हाल कसैको चासो समेत नरहेको र हाल कार्यक्रम हुदा मुस्किलले २०÷२५ जना करकापले जम्म हुने अवस्थामा पुगेको त्यस पार्कमा बदनामी हुने अवस्था अध्यक्षकै कारण भएको खुल्न आएको छ । 

नयाँ व्यवस्थानुसार हाल शान्ति तथा पुर्ननिर्माण मन्त्रालय खारेज भएकोमा उक्त पार्क कुन मन्त्रालय मातहत हुने कुरा नेतृत्वकै कमिकमजोरीका कारण पार्कको अस्तित्वम समेत संकट आएको एक आन्तरिक सुत्रले बतायो । 

सरकारलाई तथा सम्बन्धित निकायलाई नै प्रभावमा पारि अहिलेसम्म अध्यक्ष सिग्देल अध्यक्ष बनिरहेको छ ।  उनी हाल गृह, शहरी मन्त्री लगायत सांसदहरुसमक्ष पुनः अध्यक्ष बन्न सकिएला कि भनेर धाउन थालेको विशेष सुत्रबाट जानकारी पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने