५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१९ वर्षपछि जग्गाको संरक्षण

४ असार २०७५, सोमबार १३:००

असार ४,अर्घाखाँची। राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ ।  जिल्ला वन कार्यालयसँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन । 

वैंकको तिन ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले काटिदिएको छ । जग्गालाई फलामका किला र सरिया लगाएर घेरेर राखिएको छ । वैंकले आफ्नो जग्गामा वोर्ड समेत खडा गर्ने जनाएको छ । 

वैंकले आफ्नो जग्गा समयमै संरक्षण गरेर राख्नु पर्ने भएपनि वर्षौंपछि जग्गाको संरक्षण गरेको हो । वैंकका हालका शाखा प्रमुख गोपाल न्यौपानेले जग्गाको खोजिनिधि गरेका हुन । न्यौपानले वैंकको जग्गा बेवारिसे भएको थाहा पाउना साथ आफू संरक्षण लागेको बताए । ‘ ‘भाडाको घरमा बसेर काम गर्दा निकै समस्या भएको छ’ उनले भने,  ‘आफ्नै जग्गामा घर बनाउन पायौं भने ठूलो राहत मिल्ने थियो ।’ उनले वैंकको जग्गामा वन कार्यालयले वाल र मन्दिर निर्माण गरेको बताए । ‘वन कार्यालयले प्रयोग गरेको वैंकको जग्गा सहज ढंगले छाडिदिनुपर्छ’ उनले भने । ‘म अब भवन निर्माणको पहलमा  लाग्ने छु’ उनले थपे ‘मेरो कार्यकालमा सन्धिखर्क शाखालाई साच्चै नै उत्कृष्ट बनाउँछु ।’  शाखा प्रमुख भएर आएको दुइ महिना मै उनले वैंकको व्यवस्थापनको पक्षलाई पनि धेरै सुधारेका छन् । अहिले वाणिज्य वैंकमा सेवाग्राहीले छिटो सेवा पाउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता