२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुधबारदेखि नेपालको आकासमा मौसमी बेलुन, दैनिक २०० डलर खर्च हुने

२०७५, ५ असार मंगलवार १६:१७

असार ५, काठमाडौँ (रासस) | त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) बुधबारदेखि उडाइने भएको छ । 

त्रिविमा आज आयोजित छलफल कार्यक्रममा रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइने तयारी गरिएको जानकारी दिनुभयो । 

‘‘अहिले हाम्रो मौसमको पूर्वानुमान लखनौको केन्द्रविन्दु मानेर गरिन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसले नेपालको मौसमको पूर्वानुमानलाई सत्यता दिन सकेको छैन । अब हामीले हाम्रो देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने छौ ।’’ 

मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उहाँले बताउनुभयो । 

जल तथा मौसम विभागका महादिर्शेशक डा ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको बताउनुभयो । उहाँले यसअघि पनि मौसमी बेलुन उडाएर प्रयास गरिए पनि प्रविधि खर्चिलो भएकाले अहिले पुनः कार्यान्वयनमा अघि बढेको जानकारी दिनुभयो । 

अहिले त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट बिहान ५ः३० बजे बेलुन उडाइनेछ र क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागका प्रमुख प्रा डा दीपक अर्यालले बताउनुभयो । 

बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ । उक्त बेलुन उडाउँदा दैनिक २०० अमेरिकी डलर खर्च हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर