५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य

९ असार २०७५, शनिबार ०४:२८

नन्द बहादुर रोकाया | असार ९, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एक्का बिहानै उठुनु हुन्छ  अनि कहिले डोका बुनेर तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै गाउँ गाउँ जाने  गरेको बताउनुहुन्छ । खेतिपाती पनी गर्छु ६ महिना मात्र खान पुग्छ  रोजगार छैनन बेरोजगार छौ जिवन गुर्जान भएपनी डोका बुन्ने पेशा अंलालेको विकले बताए । 


धन बहादुर भन्नु हुन्छ 'डोका बुन्ने काम नगरे त चुलोमा आगो नै बल्दैन ।' डोका बुनेरै सात जनाको परिवार पाल्दै आएको विकले सुनाए । उहाँ मात्र हैन निगाले, रुगा कोटिला गाउँका दलित समुदायका स्थानीयको जिवन गुर्जाने पेशाानै डोको बुन्ने रहेको छ । उमेरले डाँडापारिको घाम बन्नु भएका अपांग भएपनी  डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ  ६५ बर्षका कन्न सिहं विकको जवानीमा  कालापहाड जाने आउने गरेका विकले खासै पैसा भने कमाउन सकेनन् बरु रोग ल्याएर फर्किन बाध्य भए । 


काला पहाडमा होल खाप्ने काम पाएका विकको कात्तोस पट्काउने बेला आखाँमा गहिरो चोट लाग्यो, अनि अपागं भएर फर्किनुभयो  अहिले बुढेसकाल त्सयैमाथि छोरा/छोरीबाट अलग हुनु पर्यो, अहिले एक्लै बस्नु हुन्छ । पेट पाल्न अरु केहि गर्न नसकिए पछी डोको बुन्ने ब्याबसाय रोज्यको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ 'डोको नबुनेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै छैनन  । दिनमा पाँचवटा डोको बुनेर मासिक रु २० हजार जति आम्दानी गर्छु । एकवटा डोकोको मूल्य ३०० देखि ४०० सम्ममा बिक्री हुने गरेको विकको भनाई छ । मुगु जिल्लका निगाले रुगा कोटिला लगायतका दलित समुदायका स्थानीय निगालो बाट बन्ने डोको, डालो, छाप्री, छान्नु सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन् । प्रत्येक घर परिवारले यो व्यवसाय रोजेको र त्यसै अनुसार जिवन चलाउदै आएको छायाँनथ रारा नगरपालीका १३ का श्रीचन्द्र लावडले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता