४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटका स्थानीय तहले बजेट ल्याउन सकेनन्

१२ असार २०७५, मंगलवार १८:१६

असार १२, कालिकोट | तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा दुई नगरपालिकाकाले मात्र आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याएका छन्। तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले बजेट ल्याएका हुन्। अन्य गाउँपालिका र नगरपालिकाले अहिलेसम्म नीति तथा कार्यक्रम नै ल्याउन नसकेका हुन् ।

तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले ल्याएको नीति कार्यक्रममा पूर्वाधार विकास, कृषि, विद्युत्, सडक, खानेपानी, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएका छन् । रास्कोट नगरपालिका प्राथमिकतामा एक व्यक्ति एक सीप, एक व्यवसाय रास्कोट नगरपालिकाले २९ करोड १६ लाख ५४ हजार ५ सय २० रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।

बजेटमा ‘एक व्यक्ति एक सीप, एक व्यवसाय’को नीति अवलम्बन गरिएको छ। कृषि, सुपथ मूल्य पसल, मदिरा निषेधित क्षेत्रलगायत विषयलाई प्राथमिकतामा राखिएको छ। जन्म, मृत्यु, विवाह दर्ता लगायत दर्ता गर्दा बिरुवा रोपेको प्रमाणपत्र अनिवार्य ल्याउनु पर्ने नीति कार्यक्रम ल्याइएको छ। ‘कृषिमा कोल्ड स्टोर, अनिवार्य कृषि बीमा, सौर्य उर्जा, वायु उर्जा लगायत विषय समटेर बजेट ल्याएका छौँ’, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले भने, ‘यसलाई नगरसभाबाट छलफल गराएर कार्यान्वयनमा ल्याइने छ ।’ 

तिलागुफा नगरपालिका  तिलागुफा नगरपालिकाले पनि आफ्नो बजेटमा रोजगारी तथा आर्थिक बृद्धिका लागि स्वरोजगारमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउन विशेष पहल गर्ने, भौतिक पूर्वाधार र जलविद्युतको विकासद्वारा दिगो र फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी न्युनिकरणमा जोड दिने उल्लेख गरेको छ।

आर्थिक स्रोत अभिवृद्धि गर्दै आत्मनिर्भरता बढाउनेतर्फ विशेष पहल गर्ने, जेष्ठ नागरिक, महिला, दलित, आदिवासी जनजाति, फरक क्षमता भएका व्यक्ति, पिछडिएको वर्ग तथा क्षेत्रको विकासमा जोड दिई समावेशी र दिगो विकासको अवधारणा आत्मसात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटकीय गन्तव्यको पहिचान तथा विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिने नीतिका साथ आर्थिक वर्षको बजेट ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ