असार १३, काठमाण्डौ | आज नेपाली बजारमा सुनको मूल्य १ सयले घटेको छ | मंगलबार प्रतितोला ५७ हजार ७ सयमा कारोबार भएको छापावाला सुन घटेर आज प्रतितोला ५७ हजार ६ सयमा कारोबार भैरहेको छ |
त्यस्तै मंगलबार ५७ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि आज १ सयले घटेर प्रतितोला ५७ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी पनि आज तोलामा ५ रुपैयाले घटेको छ | चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कोरोबार भैरहेको छ |