२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

२०७५, १९ असार मंगलवार ०५:४९

असार १९, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । 

अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो । 

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिनुभयो । 

थापाले भन्नुभयो “आगामी आवको शुरुवातमा नै काम शुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।” 

पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ । 

यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो । 

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । 

यसलाई नेपाल संवत् ८११ इसं १६११)मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । 

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच)बाट पनि प्रष्ट हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर