५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

१९ असार २०७५, मंगलवार ०५:४९

असार १९, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । 

अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो । 

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिनुभयो । 

थापाले भन्नुभयो “आगामी आवको शुरुवातमा नै काम शुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।” 

पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ । 

यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो । 

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । 

यसलाई नेपाल संवत् ८११ इसं १६११)मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । 

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच)बाट पनि प्रष्ट हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता