मिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिड"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन: नरबहादुर थापा

२१ असार २०७५, बिहीबार ०७:१९

असार २१, काठमाण्डौ | नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । 


मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले आठ प्रतिशतको वृद्धिदर हासिल गर्न कुनै समस्या नरहेको बताए । ‘दुई वर्षदेखि मुलुकले निरन्तर छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ,’ उनले भने, ‘यसपाली १२।१३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको छ ।’

आर्थिक वृद्धिको सम्भावना हुँदाहुँदै पनि यो वृद्धिदर कायम राख्ने चुनौति भने थपिएको थापाले बताए । त्यस्तै, वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने, व्यापार घाटा कम गर्ने लगायतका चुनौतीहरु पनि रहेको उनले बताए । कर्जा आपूर्तिको तुलनामा माग बढि भएका कारण देखिएको तरलता एवम् व्याजदरको समस्या समाधान गर्नुपर्ने चुनौति पनि राष्ट्र बैंक सामू रहेको उनले उल्लेख गरे ।

मौद्रिक नीतिमा विग मर्जरको विषय भने नसमेटिने भएको छ । थापाले विग मर्जरका लागि अहिले उपयुक्त समय नभएको बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धि योजनालाई व्यवस्थित रुपमा समापन गर्नेतर्फ मात्रै भएको बताउँदै उनले यसपालीको मौद्रिक नीतिमा बिग मर्जरको विषय नसमेटिने प्रष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता