२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सन्राइज बैंकले ल्यायो सुरक्षित अनलाइन कारोवारसम्बन्धि भिबिभी सेवा

२०७५, २२ असार शुक्रबार ०८:३४

असार २२ काठमाण्डौ | सन्राइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतीय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्दै भेरीफाइड वाई भिषा (भिबिभी) सेवा संचालनमा ल्याएको छ ।

भेरीफाइड वाई भिषा (भिबिभी) सेवा मार्फत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने भएको छ । 

यस सेवामार्फत ग्राहकवर्गले सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा पासवर्ड प्राप्त गर्नेछन् र सोहि पासवर्ड  मार्फत मात्र कारोवार गर्न सकिने छ | 

यसो गर्दा कारोवार गर्ने व्यक्ति वैध हो या होइन भन्ने पुष्टि हुनेछ । 

सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भेरीफाइड वाई भिषा (भिबिभी) सेवा संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ | यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने पनि बैकले जनाएको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले यस बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर