२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: अर्ब बढीको कारोबार

२०७५, २३ असार शनिबार ११:१०

असार २३, काठमाडौँ | धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशत बढी हो । 

गत साता १८६ कम्पनीको ३६ लाख ७९ हजार छ सय कित्ता शेयर रु एक अर्ब चार करोड १६ लाख २३ हजारमा खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ८८ अंकले बढेर अन्तिम दिन एक हजार २२४ दशमलव ४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ३४ अंकले बढेर २५७ दशमलव ४६ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ४२ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ । 

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

विभिन्न ६ कम्पनीका शेयर सूचीकृत 

यस साता विभिन्न ६ कम्पनीका शेयर स्टकमा सूचीकृत भएका छन् । त्यसमा ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ७३ कित्ता बोनस, सूर्योदय लघुवित्तको दुई लाख ८० हजार कित्ता हकप्रद, देवः विकास बैंकको ६५ लाख ३३ हजार १०८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

यस्तै मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद र कर्णली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस र आरएमडीसी लघुवित्तको तीन लाख ४६ हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध