प्रभात सुवेदी । असार २४, बर्दिया । 

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ अन्तर्गत आज बिहान सदरमुकाम गुलरिया जागेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २४, बर्दिया । 

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ अन्तर्गत आज बिहान सदरमुकाम गुलरिया जागेको छ ।

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलोपटक जागरणमा जाग्यो बर्दिया !

२४ असार २०७५, आईतवार १२:४३

प्रभात सुवेदी । असार २४, बर्दिया । 

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ अन्तर्गत आज बिहान सदरमुकाम गुलरिया जागेको छ ।


“प्राविधिक शिक्षा, आजको आवश्यकता” भन्ने मूल नारालाई सार्थकक बनाउनउँदै मुलुकमा प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले पहिलो पटक नेपालमा आयोजना गरेको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान अन्तर्गत जिल्लाको गुलरियामा पनि विविध कार्यक्रम सहित जागरण कार्यक्रम गरिएको छ ।

बर्दियाकै पहिलो प्राविधिक शिक्षालयका रुपमा स्थापित भेरी कलेज अफ मेडिकल साइन्स, बर्दिया मेडिकल इन्स्टिच्युट, बर्दिया टेक्निकल इन्स्टिच्युटले जागरण अभियान अन्तर्गत बिहान भेरी कलेज अफ मेडिकल साइन्सको परिसरबाट निस्केको प्रभात फेरीले गुलरिया बजारको विभिन्न स्थानमा परिक्रममा गर्दै राधाकृष्ण चोकमा पुगी कोणसभामा पुगेर समापन गरिएको थियो । 


कोण सभामा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले वर्तमान समयमा सैद्धान्तिक कोरा ज्ञान मात्रै भएर कोही पनि व्यक्ति समाजमा स्थापित नुहुने भएकोले सैद्धान्तिक ज्ञानको साथसाथै प्राविधिक शिक्षाको महत्व भएको बताउनुभयो । साथै कायैक्रममा सम्बोधन गर्नुहुँदै गुलरिया नगरपालिका वडा नं. १ र ५ का अध्यक्षद्वय प्रताप कुमार गौतम र सावित्रा गौतमले यो अभियानमा पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै गुलरिया नगरपालिकामा शैक्षिक क्षेत्रको विकास र विस्तारका लागि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी आगामी दिनमा नगरपालिकामार्फत आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्धक सुधाकर मिश्रले देशका प्रधानमन्त्रीले पदभार ग्रहण गर्दैैको दिनमा देशवासीका नाममा गरेको सम्बोधनमा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई प्राविधिक धारमा समाहित गर्न प्रत्येक स्थानीय तहमा आगामी दुई वर्षभित्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त शिक्षालयहरु स्थापना गर्ने कुरा बताउनुभए अनुरुप नेपालमै पहिलोपटक देशभरी यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै वहाँले प्राविधिक शिक्षालयमा भर्ना हुनका लागि एसइई दिएका विद्यार्थीहरुका लागि भर्ना गर्ने गराउने उद्देश्यका साथ सञ्चालन गरिएको भर्ना अभियान अन्तर्गत यो कार्यक्रम भएको बताउनुभयो । 

कोण सभापश्चात कलेजमा “प्राविधिक शिक्षा, आजको आवश्यकता” विषयमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । जसमा मोनिका बस्नेत प्रथम, माया थापा द्वित्तीय, अमर पुन मगर तृतीय र विशाखा के.सी. सान्त्वना हुनुभएको थियो । प्रतियोगितामा निर्णायकका रुपमा कलेजकी प्रिन्सिपल गंगा पौडेल र प्रशिक्षकद्वय किरण खनाल र महेश्वर कठरिया रहनुभएको थियो । 


कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना विविध प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरु तथा प्रशिक्षकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

परिषद् अन्तर्गत मुलुकभर सञ्चालनमा रहेका प्राविधिक शिक्षलयले टेक्निकल (टि) एसइई साथै ३ वर्षे डिप्लोमामा स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि तथा वन विज्ञान, पर्यटन, भेटेरिनरी लगायतका दर्जनौं प्राविधिक विषयमा असार १४ देखि भर्ना कार्य शुरु गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता