५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाँडाचक्रको बजेट ४२ करोड: कृषि, पर्यटन र शिक्षा प्राथमिकतामा

२६ असार २०७५, मंगलवार १५:४२

असार २६, कालिकोट | कालिकोटको खाँडाचक्र नगरपालिकाले सवा ४२ करोडको बजेट सार्वजनिक गरेको छ । खाँडाचक्रको तेस्रो नगरसभामा उपप्रमुख विजया बिष्टले आगामी आर्थिक बर्षका लागि ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँको सभामा पेस गरिकी छिन् । आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि नगरपालिकाले १५ करोड ५३ लाख ३० हजार, वित्तीय समानीकरण अनुदानको १२ करोड ३७ लाख र राजश्व बाँडफाट ६ करोड १० लाख रकम रुपैयाँ प्राप्त गरेको छ ।

नगरपालिकाले आन्तरिक राजश्वतर्फ ५० लाख, सामाजिक सुरक्षातर्फ ४ करोड ८० लाख, साना सिंचाई परियोजना तर्फ ३६ करोड ८१ लाख २९५ र युनिसेफको सशर्त कार्यक्रमतर्फ ५६ लाख ४९ हजार २७० बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १३ लाख ७८ हजार र नगरपालिकाको २०७४/०७५ को बजेटबाट एक करोड ३७ लाख ८ हजार नगरपालिकाको आम्दानी हुने अनुमान गरिएको नगरपालिका उपप्रमुख बिजया बिष्टले बताइन्।


खाँडाचक्र नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिएको छ । नगरपालिकाले आर्थिक विकासका लागि कृषिमा अर्गानिक उत्पादन बढाउन ७५ प्रतिशत अनुदानमा प्राङगारिक मल कारखाना स्थापना गर्ने, आगामी ५ बर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने तथा ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कृषि फर्महरु स्थापना गर्न आकर्षित गरिने निति लिएको छ । त्यसैगरी स्थानीय उत्पादनहरुको बजारीकरणका लागि संकलन केन्द्र स्थापना तथा कृषि सडक निर्माणमा जोड दिने कार्यक्रम नगरको प्राथमिकतामा परेका छन् ।

कर्णालीको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जैविक विविधताको संरक्षण गर्ने, पिलिलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, पर्यटक बिशेष सुरक्षा नीति र कोशेली घर सञ्चालन गर्ने कार्यक्रम पनि नगरपालिकाको प्राथमिकतामा छन् । नगरपालिकामा जडिबुटी उद्योगको स्थापना, सहकारीहरुलाई व्यवस्थित बनाई सहकारी क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम खाँडाचक्रको निती तथा कार्यक्रममा उल्लेख छ ।

विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी, आवश्यक भौतिक पुर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षामा जोड दिने, हरेक विद्यालयमा बालमैत्री, अपाङ्गतामैत्री, छात्र छात्रामैत्री शौचालय निर्माणको कार्यृक्रम पनि नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता